धर्बेन्द्र झा
धनुषा, फागुन २० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार सिताराम अग्रहरी नियुक्त हुनुभएको छ ।मुख्यमन्त्री निवासमा शनिबार मुख्यमन्त्री यादवले वरिष्ठ पत्रकार अग्रहरीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।
नियुक्तिपत्र ग्रहण गरेपछि प्रेस सल्लाहकार अग्रहरीले इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नव नियुक्त प्रेस सल्लाहकार अग्रहरी यसअघि गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादक तथा महाप्रबन्धकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँको कलम साहित्य सिर्जनामा पनि चल्छ ।