• ११ मंसिर २०८१, मङ्गलबार

होली उत्सव कोठामा, हरायो जोगिरा

blog

गाउँगाँउमा घुम्दै शुभकामना दिनुहुँदै मधेश प्रदेशका कृषि सहकारी मन्त्री सन्जय यादव। तस्बिरः जीवछ

जीवछ यादव

लहान, फागुन २२ गते। केही वर्ष पहिले रङ, सद्भाव र एकताको पर्वको रूपमा जोगिरा गाएर मनाइने होली पर्व कोठामा सीमित हुन थालेको छ। होलीमा उत्साह बढाउने जोगिराको अभ्यास हराउँदै जान थालेपछि यस्तो देखिएको हो।

सरस्वतीको पूजा विसर्जन भएकै दिनदेखि तराई मधेशका हरेक गाउँमा जोगिराका अभ्यास हुन्थ्यो। होलीको दिन रङ अबिरसँगै जोगिरा गाएर हरेकको घरमा जाने चलन थियो। तर केही वर्ष यता जोगिरा सुन्नुपर्‍यो भने मोबाइल र युट्युबमा खोज्नुपर्ने बाध्यता भएको लहान–१ का बिल्टु गुप्ताको बुझाइ छ। 

युवा पहिले गाउँगाउँमा किर्तनीया मण्डली हुन्थ्यो। किर्तनीया मण्डलीले होली पर्व आउनुभन्दा एक महिना अगाडिदेखि बजाउने अभ्यास गर्थे। जोगिरा प्रतियोगिताको आयोजना गरेर पुरस्कार जित्ने चलन थियो। केही वर्ष यता नयाँ पुस्ताका युवा जोगिराका अभ्यास नै गर्दैनन्। 

होलीको मौलिकता भनेको होलीको दिन एक अर्कालाई रङ अबिर दिँदै घर घरमा किर्तनीया मण्डलीले जोगिरा गाउँदै मनाउने हो। अचेल होली मिलन कार्यक्रम जातीय सङ्घ संस्थाले राजनीतिक दलले कोठामा मनाएर होलीको महिमालाई नै कमजोर गर्दै गाइरहेको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख अनिलकुमार झाको भनाइ रहेको छ। उहाँको अनुसार शान्ति सुरक्षाको कारणले पनि जोगिरा खेल्न घर बाहिर ननिस्केर परिवारका सदस्य मिलेर सामाजिक पर्व होली कोठे र पारिवारिक पर्वमा सीमित भइरहेको छ। 

सिरहा–२ को (क) प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य तथा मधेश प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादव नवराजपुर गाउँपालिका–१ करमनियाँ गाउँमा रहेको अवधि ठकनी आधारभूत विद्यालयमा होलीको शुभकामना दिँदै होली पर्वको धार्मिक र सांस्कृतिक पक्षले समाजलाई एकता सद्भाव र न्यायको सन्देश प्रवाह गर्ने यस पर्वको पुरानो मान्यता हराउँदै जानु चिन्ताको विषय भएको बताउनुभयो।