• १० मंसिर २०८१, सोमबार

शिक्षामा सुधार ल्याउन शैक्षिक मेला

blog

ढल्केबर समाचारदाता

ढल्केबर, फागुन ८ गते । विद्यार्थीको शिक्षामा सुधार ल्याउने उद्देश्यले धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा एक दिने शैक्षिक मेलाको आयोजना गरेको छ । 

निरन्तर सिकाइ अभियानअन्तर्गत यो शैक्षिक मेलाको आयोजना गरिएको सो विद्यालयका प्रधानाध्यापक जगजीवन महतोले बताउनुभयो । विद्यार्थीको भौतिक ज्ञान बढाउन विद्यार्थी तथा अभिभावकलाई आ–आफ्नो जिम्मेवारी बोध गराउन मेला आयोजना गरिएको उहाँको भनाइ छ । 

यस नगरपालिकामा पहलो पटक यस्तो मेलाको आयोजना गरिएको बताउँदै प्रधानाध्यापक महतोले मेलामा सातवटा शैक्षिक सामग्रीको प्रदर्शनी स्टक, घरमा अभिभावको जिम्मेवारी, पढ्ने पढाउने तरिका, सामाजिक सञ्जालको दुरुपयोग, मनोरञ्जनात्मक नाटक, नृत्य र विद्यार्थीको अनुशासनसम्बन्धी जानकारी प्रस्तुत गरिएको बताउनुभयो । 

मेलामा मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकी, शिक्षा शाखा प्रमुख सीता काफ्ले अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अन्य विद्यालयका विद्यार्थीले अवलोकन गर्नुभएको थियो ।