• १९ असार २०८२, बिहिबार

प्रदेशसभा सदस्यको संयोजकत्वमा शैक्षिक सुधार समिति गठन

blog

जेएस मुरारका बहुमुखी क्याम्पस लहानको अनुगमन गर्दै सञ्चालक समितिका अध्यक्ष लहान नगर प्रमुख महेश प्रसाद चौधरीसहित सरोकारवाला । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, असार १८ गते । लहानस्थित जेएस मुरारका क्याम्पसको शैक्षिक सुधारको लागि प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा अनुगमन समित गठन गरिएको छ । बुधबार बिहानै बसेको क्याम्पस सञ्चालन समितिको बैठकबाट यस्तो निर्णय गरिएको क्याम्पस प्रमुख सञ्जय चौधरीले जानकारी गराउनुभयो । 

सामुदायिक विद्यालय र सामुदायिक क्याम्पसको शैक्षिक स्तरमा सुधार ल्याएर विधार्थी पलायन रोक्नका लागि प्रदेशसभा सदस्य चौधरीको संयोजकत्वमा क्याम्पस प्रशासन प्राध्यापकसङ्घ स्वतन्त्र विधार्थी युनियन र सञ्चालक समितिको सदस्यीय रहने गरी अनुगमन समिति गठन गरेर लहानको शैक्षिक स्तरमा सुधार ल्याउन पहल थालिएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा लहान नगर प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । 

‘लहान नगरपालिकाको विद्यालय र क्याम्पसहरूको शैक्षिक अवस्था सुधारको प्रयासलाई निरन्तरको अभ्यासमा परिणत गर्दै शिक्षामा गरिएको लगानी निगरानी नगरे सहि परिणाम नआउने निष्कर्षमा पुगेका छौँ," नगर प्रमुख चौधरीले भन्नुभयो, "नगरपालिका हृदय खोलेर नै लगानी गर्न तयार छ तर लगानीले मात्रै पुग्दैन । परिणाम ल्याउन निगरानी आवश्यक छ ।"

क्याम्पस सञ्चालन समितिका पदेन सदस्य रहनु भएको प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले सहर्ष रूपमा अनुगमन समितिको संयोजकत्वको जिम्मेवारी सम्हाल्दै यस क्याम्पसलाई प्रदेशकै नमूना क्याम्पस बनाउन पहल थालिने विश्वास दिलाउनुभयो । लहानमा रहेको सामुदायिक विद्यालयहरूमा समेत अभिभावक विद्यालय प्रशासन नागरिक अगुवाहरू समिमलित अनुगमन समिति बनाएर शिक्षामा सुधार गर्न आवश्यक रहेको उहाँले प्रष्टयाउनुभयो ।

लहान क्याम्पसको सञ्चालक समितिको बैठकमा विश्व विद्यालय अनुदान आयोगबाट गुण स्तरीय चिन्ह प्रत्ययन (क्यएए) प्राप्त लहान क्याम्पसमा समयमा कोर्स पुरा नहुने, पुस्तकालय व्यवस्थापन विज्ञान प्रयोगशाला र विधार्थी नियमित नआउने लगायतका समस्याहरू बैठकमा प्रस्तावको रूपमा आएपछि अनुगमन समिति गठन गरिएको हो । 

२०४४ सालमा स्थापना भएको लहान क्याम्पसको २३ कोठे दुई तल्ले भवन निर्माण गरिदिइने लहानका लब्ड प्रतिष्ठत उद्योगपति प्रमेश्वर मुरारका र लहान क्याम्पसले २३ बिघा जग्गा खरिद गरिदिएर स्थापना भएको यस क्याम्पसले मानविकी शिक्षा विज्ञान वाणिज्य सङ्काय सञ्चालित हुनुको साथसाथै राजर्षि जनक विश्वद्यिालयबाटा एमबिए समेत सञ्चालन भएको छ । 

यस क्याम्पसलाई मधेश प्रदेशकै उत्कृष्ट क्याम्पस बनाउन लहान नगरपालिका प्रदेशसभाका माननीयहरू र सङघीय माननीयहरूले साझा दृष्टिकोण बनाएर निरन्तर प्रगतिको लागि लगानी र निगरानी गर्दै आइरहेको छ । भारतीय राजदुतावासको सहयोगमा पुस्तकालय भवन र क्याम्पसका दाता परिवारका स्वर्गीय प्रमेशव्र मुरारकाको स्मृतिमा एक करोडभन्दा बढीको लगानीमा विज्ञान प्रयोगशाला निर्माण सम्पन्न भैसककेको छ । 

मधेश प्रदेश सरकारको तर्फबाट विज्ञान सङकाय सञ्चालनका लागि अहिलेसम्म एक करोडभन्दा बढीको सहयोग प्राप्त भएको छ ।