• १९ असार २०८२, बिहिबार

रारालाई 'लेक सिटी'को रूपमा विकास गरौं : सांसद जबरा

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबरा ।

काठमाडाैँ, असार १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई 'लेक सिटी'को रूपमा विकास गर्न माग गर्नुभएको छ । बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । 

उहाँले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई 'लेक सिटी' क्षेत्रको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । रारालाई 'लेक सिटी'को रूपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गर्नुभयो । उहाँले भारतीय पर्यटकहरूलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताउनुभयो। 

उहाँले भन्नुभयो, "रारालाई हामीले एउटा लेक सिटी बनाउन डिपिआर त गरौँ । अनि न लगानीकर्ता आउँछ । यस्ता विकासले कर्णालीको कायापलट हुन्छ ।"

सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउन सके अन्य देशहरूलाई हेर्न नपर्ने बताउनुभयो ।