दिपकप्रसाद गौतम
वीरगञ्ज, फागुन ४ गते । पर्सा प्रहरीले वीरगञ्जको बसपार्कमा रहेको डाँफे होटलबाट चार जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार होटलमा शंकास्पद अवस्थामा बसेका युवालाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध डाइजेपाम ५० एम्पुल, नुरफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा ८ का १९ वर्षीय राजु मन्सारी, सोही स्थानका २० वर्षीय राजु रानामगर, १९ वर्षीय विशाल मोक्तान र धादिङ गजुरी नगरपालिका २ का २० वर्षीय अजय तामाङ छन् ।
पक्राउ परेका चार जनालाई लागूऔषधसम्वन्धी अपराधमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।