धनुषा १ प्रतिनिधिसभामा जसपाका कार्की विजयी
धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी हुनु भएको छ ।
मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण
मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ ।
बारामा सबै सभाको नतिजा सार्वजनिक
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यसअघि तीन वटा सम्पन्न भए पनि निर्वाचन क्षेत्र नं. २ को अन्तिम परिणाम ढिलो आएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
एमाले–जसपा गठबन्धनलाई लाभ, कांग्रेस र माओवादीमा असर
सिरहा जिल्लाको चारवटै प्रतिनिधि सभा क्षेत्रमा–एमाले जनता समाजवादी गठबन्धनले जितेको छ भने सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई हानी पुगेको छ। सिरहा–१ बाट प्रतिनिधि सभामा नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादव नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गर्नुभएको छ। सिरहा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै विजयी हुनुभएको छ।
महोत्तरी १ (क) बाट एमालेकी थापा विजयी
महोत्तरी क्षेत्र नं १ (क) को प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित हुनुभएको छ । यो उहाँको दोस्रो इनिङ हो ।
महोत्तरी १ गिरिराज मणि पोखरललाई हराउँदै काेइरी विजयी
महोत्तरीको निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता लझ्मी महतो काेइरी विजयी हुनु भएको छ ।
सर्लाही (ख) बाट कांग्रेसका कौशलकिशोर राय विजयी
जनार्जन खत्रीसर्लाही, मङ्सिर १० गते । सर्लाही क्षेत्र नम्बर २ -ख_ बाट नेपाली कांग्रेसका कौशलकिशोर राय प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।राय १७९ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । रायले नौ हजार ६२६ मत प्राप्त गर्नुभयो ।उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीले नौ हजार ४४७ मत पाउनुभयो । चौधरी जिल्ला समन्वय समिति सर्लाहीका निवर्तमान सभापति हुनुहुन्छ ।यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य अशोक कुमार यादव तेस्रो हुनुभयो । जनता समाजवादी पार्टी -जसपा_ का यादवले आठ हजार ९४० मत प्राप्त गर्नुभयो ।मतगणना भर निकै कडा प्रतिस्पर्धाका बीच अन्तिममा कांग्रेसका राय १७९ मतको अन्तरले विजयी हुनुभयो । योसँगै सर्लाहीमा प्रत्यक्षततर्फ चारवटै प्रतिनिधि सभा र आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।समानुपातिकतर्फको भने सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी नै रहेको छ ।
सर्लाही २ मा महिन्द्र राय तेस्रो पटक विजयी,राजेन्द्र महतो पराजित
सर्लाही क्षेत्र नम्बर २ बाट (नेकपा माओवादी) केन्द्रका उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
सप्तरीमा गर्भवती महिला झुण्डिएको अवस्थामा फेला
रुपनि वडा नम्बर–२ लौवापारकी २० वर्षीया मन्जुला सदा झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ । शुक्रवार बेलुकी आफ्नै काका ससुराको घरमा झुण्डिएको अवस्थामा सदा फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश : प्रतिनिधि सभाका चार स्थानको नतिजा आउन बाँकी
मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ ।
धनुषा ४ को (क) मा कांग्रेसका यादव विजयी
धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ ।
सप्तरी ४ मा कांग्रेसका चौधरी निर्वाचित
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनु भएको छ। उहाँ लगातार तेस्रो पटक सोही क्षेत्रबाट जित्नु भएको हो।
महोत्तरी ४ बाट काँग्रेसका राय विजयी
महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनु भएको हो ।
सिरहा–२ मा राजकिशोर यादव विजयी
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
बारा–१ मा एमालेका अच्युत मैनाली निर्वाचित
बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।
बारा क्षेत्र ३ मा एमालेका ज्वालाकुमारी साह निर्वाचित
बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभयो ।
महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी
महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ ।
सिराहा –४ मा जसपाका महतो विजयी
सिराहा–४ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो ।
सिराहा–१ मा एमालेका रामशङ्कर यादव विजयी
सिराहा–१ मा नेकपा (एमाले) का उम्मेदवार रामशङकर यादव निर्वाचित हुनुभएको छ ।
सिराहा–३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित
सिराहा–३ बाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार पूर्व कानुन न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरी विजयी हुनुभयो ।
सप्तरी ४ (क) प्रदेशसभा सदस्यमा एसका न्यौपाने निर्वाचित
सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले एमाले जसपा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार रहनुभएका बालकृष्ण चौधरी थारुलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
धनुषा १ (ख) प्रदेशसभा सदस्यमा एमालेका मण्डल निर्वाचित
धनुषा क्षेत्र १ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनुभएका सञ्जयकुमार सिंहलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
धनुषा ३ (ख) प्रदेशसभा सदस्यमा एमालेका ठाकुर निर्वाचित
धनुषा निर्वाचन क्षेत्र नं. ३ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र ठाकुर निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनु भएका परमेश्वर साहभन्दा एक हजार ४०३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।
महोत्तरी २ मा शरदसिंह भण्डारी विजयी
महोत्तरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादीका शरदसिंह भण्डारी विजयी हुनुभएको छ।