• १६ कात्तिक २०८१, शुक्रबार

प्रेस युनियन मधेश प्रदेश समिति सर्वसम्मत चयन

blog

प्रेस युनियन मधेश प्रदेश समितिका पदाधिकारी।

धीरेन्द्रप्रसाद साह

जनकपुर, माघ २२ गते। नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनले सर्वसम्म कार्यसमिति र लेखा समिति चयन गरेको छ।

 प्रदेशको बारा जिल्लाको कलैयामा शनिबार राति आयोजित अधिवेशनको बन्द सत्रले सत्यप्रकाश श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। समितिका उपाध्यक्षमा धीरेन्द्रप्रसाद साह, सोम दियाली, रमिता नेपाल, महासचिवमा अजयकुमार साह, सचिवमा सन्तोष पाण्डे, मनोजकुमार माझी, पुस्तिका केसी, कोषाध्यक्षमा उदयदास थारुलाई चयन गरेको छ।

यसैगरी, सदस्यमा विजयकुमार साह, हदिश खुद्दार, अजयकुमार साह, मुकेश झा, दीपेश मल्लिक, शैलेन्द्रप्रसाद सिंह, सञ्जीवकुमार साह, राकेशप्रसाद गुप्ता, नवीन चौधरी, लक्ष्मी चौधरी, श्रवण साह, सृजा थापा, बबलु चौधरी, उत्तिमलाल कापडी, धीरेन्द्रबहादुर श्रेष्ठ, नरेश चौधरी र पवन मिश्र सर्वसम्मत चयन भएको प्रेस युनियन केन्द्रीय केन्द्रीय उपाध्यक्ष (मधेश प्रदेश) अनिलकुमार कर्णले जानकारी दिनुभयो।

त्यस्तै, तीन सदस्यीय लेखा समिति संयोजकमा रन्जन खरेल, सदस्यमा राहुल गुप्ता र प्रियंका दासलाई सर्वसम्मत चयन गरिएको छ।

सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका करिब १२० प्रतिनिधि सहभागी थिए। यसअघि अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्नुभएको थियो। अधिवेशनमा कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, महासचिव दिलीप पौडेल, मधेश प्रदेश सचिव अजित तिवारीलगायतले सफलताको शुभकामना दिनुभएको थियो।