काठमाडौँ, पुस ८ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल,महाराजञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
नक्कली प्रमाणपत्र प्रयोग गरी सेवा प्रवेश गरी तलब, भत्ता तथा अन्य सुविधा लिएको कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दण्डनीय अपराध ठहर गर्दै आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनु भयो ।
आयोगले भष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भष्टचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा कैद र जरिवाना माग गरेको छ ।
अख्तियारको विज्ञप्ति अनुसार गिरीले बिराट स्कुल एक्जामिनेसन बोर्ड, पटना (भारत) बाट जारी भएको भनिएको एसएलसीको नक्कली प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा प्रवेश गरेको पुष्टि भएको छ।
नक्कली शैक्षिक योग्यताको आधारमा वि.सं २०५० सालमा पिसिएल नर्सिङ तथा वि.सं.२०६३ सालमा नर्सिङमा स्नातक तहको अध्ययन पूरा गरेको र सोही योग्यताको प्रमाणपत्र पेस गरेर प्रहरी नायब पदमा नियुक्ती दिएको साथै विभिन्न तालिम र सुविधा लिएको देखिएको छ ।