• १५ असार २०८१, शनिबार

मधेश प्रदेश सरकारमा माओवादी सहभागी हुँदै

blog

मधेश प्रदेश सरकारमा आज सहभागी हुने माओवादी केन्द्रका मन्त्रीमा सुनीता यादव र राज्यमन्त्रीमा रहबर अन्सारी । तस्बिर: गोरखापत्र

लक्ष्मी चौधरी

जनकपुरधाम, माघ २४ गते । मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री सहभागी हुने भएका छन् । 

मधेस प्रदेश सरकारमा नेकपा माओवादीका दुई मन्त्री सहभागी हुनेभएपछि मङ्गलबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले जनाएको छ । 

एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी मधेश प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो । मन्त्रीमा सुनीता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई माओवादी केन्द्रले पठाएको हो ।

उद्योग, पर्यटन तथा वन मन्त्रीमा यादव र साही मन्त्रालयको राज्यमन्त्रीमा अन्सारीलाई पठाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मधेश प्रदेशमा माओवादी केन्द्रका ९ सांसद  छन् ।

गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेश सरकारमा सहभागी भएको थिएन ।