राजस्व सङ्कलनमा ध्यान दिनुस् : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ ।
लागूऔषधसहित चार पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरको पिडारी चोकबाट ४९३ बोतल एक्सीप्लाइन नामक लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।
मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री यादवद्वारा पदभार ग्रहण
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता समेत रहनुभएको भौतिकमन्त्री यादवले आज (शुक्रबार) पदभार ग्रहण गर्नुभएको हो ।
जनकपुरधामको वातावरण फोहोर गर्ने धेरै, सफा गर्ने थोरै
जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशको स्थायी राजधानीलाई सफासुग्घर राख्ने चेतनामूलक सन्देश यत्रतत्र भित्तामा लेखिएको भेटिन्छन्। प्रदेश राजधानीमा प्रायः सचेत वर्ग, पढेलेखेका र साक्षर नै बस्ने गरेको विश्वास गरिन्छ। तर त्यो चेतनामूलक सन्देश पढेर पनि नपढेजस्तै गर्ने, व्यवहारमा नउतार्नेको सङ्ख्या अत्यधिक रहेको आभास हुन थालेको छ।
वडास्तरीय सेवा लिन एक दिन
सर्लाहीको चारवटा पालिकाका चुरे भेगमा बसोबास गर्नेलाई वडा कार्यालयसम्म सेवा लिन आउँदा दिन बित्ने गरेको छ। चुरेका विकट बस्तीबाट फेदीमा रहेका वडा कार्यालयसम्म पुगेर फर्कंदा त्यस दिनको अरू काम छाड्नुपर्ने अवस्था रहेको स्थानीयले गुनासो गरेका छन्।
पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब
भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । २०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो ।
पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचर नियन्त्रण गर्नु रहेको बताउनुभएको छ।
सूचना नदिने प्रशासकीय अधिकृत यादवलाई १५ हजार जरिवाना
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई माग भएको सूचना उपलब्ध नगराउँदा १५ हजार रुपियाँ जरिवाना तोकिएको छ ।
कुलोमा डुबेर युवकको मृत्यु
सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिहीबार एक युवकको कुलोमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका –९, वसन्तपुर पछियारी टोल बस्ने १८ वर्षीय ललन राय यादवको बोरिङबाट सिँचाई गर्न बनाइएको कुलोमा डुबेर मृत्यु भएको हो ।
क्रसरको लाइन काट्न निर्देशन
जिल्ला समन्वय समिति (जिसस)ले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग तथा वासिङ सेन्टरको विद्युत् लाइन काट्न सुरु गरेको छ। जिसस महोत्तरीले माघ ६ गते जारी गरेको पत्रका आधारमा गौशालास्थित विद्युत् प्राधिकरणको कार्यालयले त्यस्ता उद्योगको लाइन काट्न थालेको हो।
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् ।
सक्रिय भए वन कर्मचारी
चुरे तथा भावर क्षेत्रमा रहेको वनजङ्गलबाट काठ चोरी तस्करी वृद्धि भएको जनगुनासो बढेपछि धनुषाका वन कर्मचारीले निगरानी बढाएका छन्। वनबाट हुने काठ तस्करी रोक्न वन कर्मचारीले चौबिसै घण्टा तीनवटा सवारी र पैदल गस्ती खटाएर निगरानी बढाएका हुन्। डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले काठ ओसारपसार हुने चोरबाटो र भित्री जङ्लसम्म गस्ती टोली खटिएको बताउनुभयो। यस क्रममा एक साताभित्र १३० क्युफिटभन्दा बढी अवैध काठ बरामद गरिएको जानकारी उहाँले दिनुभयो । गस्ती तथा सुराकीका आधारमा जि
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
मधेश र थरुहट आन्दोलनका क्रममा आन्दोलनकारी व्यक्तिमाथि झुठा मुद्दा लगाइएको भन्दै झुठा मुद्दा फिर्ताको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार प्रदर्शन भएको छ ।
मधेश प्रदेशः तीन मन्त्रालयको जिम्मेवारीमा सहमत
मधेश प्रदेशका विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोक्नेमा सहमत भएको छ । गत पुस २९ गते मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीकोबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट इन्जिनियर वसन्त कुश्वाहाले विना विभागीय मन्त्रीको शपथ लिनुभएको थियो ।
माओवादी केन्द्रबाट मधेश प्रदेशसभा सदस्यमा माला र हैदरले लिनुभयाे शपथ
मधेश प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट समानुपातिकतर्फ निर्वाचित दुई जना प्रदेशसभा सदस्यले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका मालाकुमारी कर्ण र रैजी हैदरले आज पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
बारामा एक लाख २१ हजार बढी मेट्रिक टन आलु उत्पादन
बारा जिल्लामा चालु आर्थिक वर्ष ०७९/०८० मा १,२१,०६२.५ मेट्रिक टन आलु उत्पादन भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको छ ।
भूमाफियाविरुद्ध गाउँले एकजुट
भूमाफियाको सञ्जालले जग्गा हडप्ने प्रयास थालेपछि सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर घारिबथानका स्थानीय एकजुट भएका छन्। गएको आइतबार चिन्दै नचिनेका मानिसहरू आएर जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले भूमाफिया गिरोहका सात जनालाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए। आफूहरूले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेको जग्गा अपरिचित व्यक्तिहरू आएर नापजाँच गरेको घटनापछि गाउँमा कोही नयाँ मानिस आउँदा डर लाग्न थालेको स्थानीय सन्तोषी अस्थानीले गुनासो गर्नुभयो।
विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत
सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो ।
सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल
मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् ।
मूर्तिबाट राम्रो आम्दानी
माटोको मूर्ति कालिगडहरू अहिले दिनभर ब्यस्त भएका छन्। सहरदेखि ग्रामीण भेगका कालिगडहरूले माघ १२ गते हुने सरस्वती पूजाका लागि सरस्वतीको मूर्ति बनाउन र सजाउन व्यस्त भएका हुन्। सिजनअनुसार विश्वकर्मा, दुर्गा, गणेश, सरस्वतीका मूर्ति बनाएर लाखौँ रुपियाँसम्म आम्दानी गर्ने गरेको सिम्रौनगढ नगरपालिका–११, कर्चोवा टोलका १७ वर्षीय निरञ्जनकुमार साह कानुले बताउनुभयो। गाउँमै भएको महायज्ञमा मूर्ति बनाउन बाहिरबाट आएका मूर्तिकारबाट सीप सिकेर आफूले पनि देवीदेवताको मूर्ति बनाउन थालेको कानुले बताउनुभयो। दुई जना दाजुको सहयोगमा बनाएको ४० वटा सरस्वतीको मूर्तिबाट साढे दुई लाख रुपियाँ कमाउने लक्ष्य लिएको उहाँको भनाइ छ। कानुले भन्नुभयो, “एक हजार पाँच सयदेखि सात हजार रुपियाँमा मूर्ति बिक्री गर्ने सम्झौता भइसकेको छ।”
स्थानीयले पक्रेर प्रहरीलाई बुझाए
सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरमा अज्ञात मानिसहरू गाउँमा आएर एक्कासि जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले उनीहरूलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन्। भूमिसुधार र नापी कार्यालयको अभिलेखमा खयरमाराखोर भनी उल्लेख रहेको कालिञ्जोरस्थित दोङखोरिया क्षेत्रमा जग्गा नाप गर्न आएका सात जनालाई गाउँलेहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। आफूहरूले तीन पुस्तादेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा एक्कासि देख्दै नदेखेको मानिस आएर जग्गा नाप्ने, फोटो खिच्ने, भिडियो बनाउनेजस्ता गतिविधि गर्न थालेपछि स्थानीयहरू भेला भएर नियन्त्रणमा लिएका हुन्।
विद्यालयलाई पटक–पटक जग्गा दान
धनुषाका साह परिवारले ४७ वर्षपछि एक प्राथमिक विद्यालयलाई दोस्रो पटक जग्गा दान गरेका छन्। २०३२ सालमा सोही परिवारले उपलब्ध गराएको जग्गामा स्थापना भएको उक्त विद्यालयलाई माध्यमिक १२ कक्षासम्म बनाउन ४७ वर्षपछि साह परिवारले पुनः जग्गा दान गरेका हुन्।