• १० मंसिर २०८१, सोमबार

सूचना नदिने प्रशासकीय अधिकृत यादवलाई १५ हजार जरिवाना

blog

काठमाडौं, माघ १२ गते । सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई माग भएको सूचना उपलब्ध नगराउँदा १५ हजार रुपियाँ जरिवाना तोकिएको छ । 

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले बिहीबार जारी गरेको विज्ञप्तिमा निज यादवलाई सिरहा जिल्लाको नगरपालिका–७ निवासी परशुराम साहले सूचना माग गर्नुभएको थियो । 

आयोगले जेठ २३ गते सोही विषय पुनरावेदन भएको जनाएको छ । सो सन्दर्भमा आयोगले सात दिनभित्र सिरहा नगरपालिकाको कार्यालयलाई लिखित ब्यहोरा पठाउन आदेश दिएको थियो ।

आयोगले सूचना उपलब्ध गराउन पटक–पटक दिएको आदेशपछि पनि यादवले सूचना उपलब्ध नगराउँदा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम कारबाहीको ब्यहोरा जानकारी गराएको जनाएको छ ।

कारबाहीको चेतावनीसहितको ब्यहोरा पश्चात् पनि सूचना उपलब्ध नभएपछि माघ ३ गते आयोगमा पुनः उजुरी प¥यो । 

नेपालको संविधान, २०७२ को धारा २७ मा प्रत्येक नागरिकले आफ्नो सरोकारको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको छ । यसपश्चात् आयोगबाट प्राकृतिक न्यायको सिद्धान्त बमोजिम यादव पूर्णतः गैर जिम्मेवार देखिएको औँल्याएको हो ।