सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) मङ्सिर २७ गते । धनकुटा नगरपालिका–७, स्थित बस पार्कबाट प्रतिबन्धित लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति करिब ११ बजे प्रतिबन्धित औषधसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका–१५, बस्ने बस्ने २० वर्षीय अनिष राई र २० वर्षीय युनिशा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी शरत कुरमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
यस्तै, धनकुटा नगरपालिका–६, बस्ने १९ वर्षीय मौसम खड्गी, १८ वर्षीय सोनाम, १६ वर्षीय डम्बर राई, र मोरङको रतुवामाई नगरपालिका–६, बस्ने १९ वर्षीयसंजय मगरलाई अनुसन्धानका प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बसपार्क छेउमा सञ्चालित नानुको होटल एण्ड्र लजमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको प्रहरी जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।