• १७ माघ २०७९, मङ्गलबार

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना बिचौलिया पक्राउ

blog

जिल्ला प्रशासन कार्यालय धनुषाबाट पक्राउ परेका बिचौलिया दीपक ठाकुर । तस्बिर : गोरखापत्र

विजयकुमार साह 

ढल्केवर, माघ ११ गते । जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बस्ने ३९ वर्षीय दीपक ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । 

बिचौलिया ठाकुरलाई सेवाग्राहीसँग १५ सय रुपियाँ लिँदै गरेको अवस्थामा सोमबार जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीलाई कार्यालयका कर्मचारीसँग मेरो राम्रो चिनजान छ काम छिटो गराइदिन्छु भन्दै प्रतिव्यक्ति दुईदेखि तीन हजारसम्म असुली गरिरहेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।