प्रहरी भन्दै लुटपाट गर्ने छ युवा पक्राउ
आफूलाई प्रहरीको गुप्तचर बताउँदै लुटपाट गर्ने गिरोहलाई बर्दिबास प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दिबास नगरपालिका -१४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुर ७ जिरो माइलका १९ वर्षीय दीपक राउतसमेत ६ जनालाई बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट लुटपाट गरी लगेका सामानसमेत प्रहरीले बरामद गरेको छ ।
मधेसमा सार्वजनिक बिदा
बलिदानी दिवसको अवसरमा आज (बिहीबार) मधेस प्रदेशमा सार्वजनिक बिदा गरिएको छ । मधेस सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
चिया पसलेको पहलमा हाटबजार
लहान नगरपालिका–१३ स्थित शिव चोकमा सोमबार र बिहीबार साप्ताहिक कृषि हाटबजार लाग्न थालेको छ। हाटबजार लगाउने श्रेय कुनै विशेष दल र जनप्रतिनिधिलाई जाँदैन, चिया पसले गोपाल कार्कीलाई जान्छ। कार्कीले लहान नगरपालिकाको मुख्य चोकदेखि १० किलोमिटर पश्चिम–उत्तरमा चिया पसल राख्नुभएको थियो। उहाँले दुई वर्षसम्म चिया पसलमा आउने समाजका अगुवालाई हाटबजारका चलाउनका लागि आग्रह गरिरहनुभयो।
जग्गा वर्गीकरण नगर्दा रोकियो कित्ताकाट
सप्तरीका स्थानीय तहहरूले जग्गा वर्गीकरणको काम समयमा सम्पादन नगरेकै कारण रोकिएको जग्गा कित्ताकाट खुलेको छैन। अन्य जिल्लामा कित्ताकाट खुले पनि सप्तरीमा कित्ताकाट नखुलेर किसान र मध्यम वर्गीय नागरिकलाई समस्या भएको छ। जिल्लाको विष्णुपुर गाउँपालिका–४ का दिनेशकुमार यादव भन्नुहुन्छ, “सरकारले कित्ताकाट रोकेर किसानलाई मर्नु न बाँच्नुको पीडा पारेका छन्। मधेशका गाउँमा अहिले पनि ८० प्रतिशत किसान परिवार खेतीबारीमै निर्भर छन्। भएको खेतले उब्जनी दिएन भने त्यही खेत बेचेर आफ्नो छोराछोरी पढाउनेदेखि औषधि उपचारसम्मको गर्जो टार्नु परेको हुन्छ।”
एमाले मधेश प्रदेश अधिवेशन चैतमा
नेकपा (एमाले) को मधेश प्रदेश अधिवेशन आउँदो चैत महिनामा हुनेभएको छ । बुधबार धनुषाको ढल्केवरमा एमाले मधेश प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश अधिवेशन चैत महिनामा सम्पन्न गर्ने निर्णय गरेको हो ।
मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनुहुँदै
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदै हुनु हुन्छ । आज (बुधबार) बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका निमित्त सचिव रन्जितकुमार यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेशसभाको सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण
मधेश प्रदेश सभाका सभामुखमा रामचन्द्र मण्डल र उपसभामुख बबिता राउत ईशरले बुधबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
मलेसियामा दुई जना अलपत्र
लहानको मिथिला म्यानपावरबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका दुई जना युवा काम नपाएर त्यहाँ अलपत्र परेका छन्। लहान नगरपालिका–१ का गायत्री रामका छोरा विष्णु राम र सखुवानन्कारकट्टी गाउँपालिका–३ का झरिलाल यादवका छोरा श्यामसुन्दर यादव अलपत्र परेका हुन। आल्मुनियम कम्पनीमा मोबाइल मर्मतको काम भनेर दुवै जनासँग जनही तीन/तीन लाख रुपियाँ लिएर कात्तिक महिनाको अन्तिम साता मलेसिया पठाइएको थियो।
मासिन थाल्यो वनमौरी
वनका ठूला र अग्ला रुख मासिएपछि अचेल वनमौरी (स्थानीय भाषामा ‘घारे’ वा ‘खाँगमौरी’) बिरलै देखिन थालेको छ। अनधिकृत रूपमा वनजङ्गल फडानी गरी बस्ती बसेपछि अग्ला रुख मासिँदै आएका छन्। तस्करले वनका ठूला र अग्ला रुख कटान गरी चोरी निकासी गर्नाले बास स्थान नै नभएर वनमौरी कम देखिन थालेको हो। वनमौरीले घार बनाउन रुचाउने वनका ठूला र अग्ला रुख मासिएपछि ती प्रजातिको मौरी सहर बजारको अग्ला पानी ट्याङ्कीमा वा घरको ‘टप’ तल बसेको देखिन्छ।
मधेश प्रदेशसभाको उप सभामुखमा बबिता निर्वाचित
मधेश प्रदेश सभाको उप सभामुखमा जनमत पार्टीका प्रदेश सभा सदस्य बबिता कुमारी राउत ईशर बहुमतले निर्वाचित हुनुभएको छ ।
ठगी आरोपमा सहकारी अध्यक्ष यादव पक्राउ
सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रवनारायण यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेश सभामुखमा मण्डल निर्वाचित
मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । मंगलबार प्रदेश सभामा उपस्थित १०३ प्रदेश सदस्यमध्ये सभामुखमा मण्डलले ७४ मत प्राप्त गर्नुभएको ज्येष्ठ प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले बताउनुभयो ।
अटेरी क्रसर उद्योगमाथि कारबाही थालिँदै
कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानुनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने जनाएको हो ।
मधेश प्रदेशः आज सभामुख निर्वाचन
मधेश प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
विमान दुर्घटनामा मृतकप्रति बर्दिबास र औरहीमा श्रद्धाञ्जलि सभा
पोखरा विमान दुर्घटनाबाट महोत्तरी जिल्ला पनि शोकमग्न भएको छ । मुलुककै सबैभन्दा ठूलो र पीडादायी बनेको पोखरा विमान दुर्घटनामा शोकाकुल बनेका यहाँका स्थानीयले बर्दिबास र औरहीमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो ।
मधेस प्रदेश सभा स्थगित
पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ
सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ
सप्तरीका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगतका वर्षमा झैँ मूर्तिकारहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् ।
धनुषाधाममा धुमधाम मकर मेला
धनुषाको धनुषाधाममा आइतबारदेखि एकमहिने मकर मेला सुरु भएको छ । आइतबारदेखि सुरु भएको मकर मेला एक महिनासम्म चल्नेछ ।
सामूहिक बलात्कारका दोषीलाई तेह्र वर्ष कैद
सामूहिक बलात्कार घटनाका आरोपितलाई कसुरदार ठहर गरी कैद र जरिवानाको फैसला भएको छ । सप्तरी जिल्ला डा
मधेश प्रदेश सभामुखका लागि मण्डल र यादवको उम्मेदवारी
मधेश प्रदेशसभाको सभामुखका लागि माघ २ गते हुने निर्वाचन अन्तर्गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
औषधि अभावले स्वास्थ्य संस्था जान छोडे बिरामी
चन्द्रपुर नगरपालिका–९ डुमरियामा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि बिरामी जान छोडेका छन् । निःशुल्क उपलब्ध हुने औषधि अभाव भएपछि स्वास्थ्य चौकीमा बिरामी जान छोडेका हुन् ।
तस्कर र प्रहरी विवाद हुँदा तीन प्रहरी घाइते
तस्कर र प्रहरीबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् । सीमा प्रहरी चौकी छतवाबाट खटेका प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका १ कल्याणपुर बोर्डर नजिकै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको समान चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ तस्करसँग सामान्य विवाद भएको थियो ।
अवैध उत्खनन् गर्ने सवारी प्रहरीको नियन्त्रणमा
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देखी खोलामा मनपरी उत्खनन् गर्ने दुई जेसिबी र नौ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।