• १२ साउन २०८१, शनिबार

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त

blog

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुहुँदै । तस्बिर: धर्बेन्द्र झा

धीरेन्द्रप्रसाद साह

जनकपुर, माघ ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नुभएको हो । 

सभामा उपस्थित १०२ जना सभा सदस्यले विश्वासको मत दिनुभएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले सभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको विपक्षमा शून्य मत परेको सभामुख मण्डलले जानकारी दिनुभयो ।