• २१ असार २०८१, शुक्रबार

एमाले मधेश प्रदेश अधिवेशन चैतमा

blog

विजयकुमार साह 

ढल्केवर, पुस ४ गते । नेकपा (एमाले) को मधेश प्रदेश अधिवेशन आउँदो चैत महिनामा हुनेभएको छ । बुधबार धनुषाको ढल्केवरमा एमाले मधेश प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश अधिवेशन चैत महिनामा सम्पन्न गर्ने निर्णय गरेको हो । 

एमालेका प्रदेश सचिवालय सदस्य तथा प्रदेश अधिवेशन प्रचार प्रसार संयोजक सोमप्रसाद शर्माले अधिवेशन आगामी चैत २५ गतेदेखि मसान्तसम्म गर्ने निर्णय भएको बताउनुभयो । 

संयोजक शर्माले एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठको प्रमुख आतिथ्यमा भएको बैठकले सो निर्णय गरेको थियो । अर्को बैठकमा गतेको निर्णय गर्ने उहाँको भनाइ छ ।  

बैठकले माघ २० गतेसम्म सबै जिल्लाको कमिटी बैठक सम्पन्न गर्ने र प्रदेशमा जिल्ला अधिवेशन हुन बाँकी रहेको महोत्तरीको जिल्ला अधिवेशन चैत १५ गते सम्पन्न गर्ने निर्णय समेत गरेको छ । 

यस्तै, फागुन महिनाभित्र पार्टीको सङ्गठित सदस्यता, नवीकरण तथा अभिलेखीकरण काम गरिसक्ने र आसन्न चैत ५ गते हुने स्वबियू निर्वाचनलक्षित कार्यक्रमअन्तर्गत सबै आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनलाई परिचालन, प्रशिक्षण तथा सहजीकरण गर्नेसमेत निर्णय भएको संयोजक शर्माले बताउनुभयो ।