• १२ साउन २०८१, शनिबार

मधेश प्रदेशसभाको सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण

blog

पद तथा गोपनियताको शपथ लिनुहुँदै सभामुखमा रामचन्द्र मण्डल र उपसभामुख बबिता राउत ईशर । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा
धनुषा, माघ ४ गते ।
 मधेश प्रदेश सभाका सभामुखमा रामचन्द्र मण्डल र उपसभामुख बबिता राउत ईशरले बुधबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा बुधबार बिहान आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डललाई शपथ ग्रहण गराउनुभयो । सोही कार्यक्रममा सभामुख मण्डलले प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उपसभामुख ईशरलाई शपथ ग्रहण गराउनु भयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव सहित मन्त्री गण र विभिन्न दलका नेताहरूको सहभागिता रहेको थियो ।