• १० मंसिर २०८१, सोमबार

ठगी आरोपमा सहकारी अध्यक्ष यादव पक्राउ

blog

ठगी आरोपमा पक्राउ परेका शुनवर्षि सहकारीका अध्यक्ष ध्रुवनारायण यादव । तस्बिर : गोरखापत्र

विजयकुमार साह 

ढल्केवर, पुस ३ गते । सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रवनारायण यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

सहकारी सङ्घ धनुषाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई उजृुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो । 

पक्राउ परेका यादवमाथि स्थानीय कुभोलियादेवी यादवको रकम अपचलन गरेको आरोप छ । कुभोलियादेवीले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपियाँ ऋण लिएको र पछि सो रकम चुक्ता गरेपनि यादवले जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । 

सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी अध्यक्ष यादवले करिब २५ लाख रुपियाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको देखिएको प्रहरीको भनाई छ । पक्राउ परेका सहकारीका अध्यक्ष यादवमाथि मङ्गलबार जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।