• ९ पुस २०८१, मङ्गलबार

निहारिका र शिवराज विवाह बन्धनमा

blog

विवाह भएपछि तस्बिर खिचाउँदै निहारिका र शिवराज । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, माघ २७ गते । निहारिका राजपुत र शिवराज श्रेष्ठ अन्ततः वैवाहिक बन्धनमा बाँधिनु भएको छ । उहाँहरु समाजिक परम्पराअनुसार शुक्रबार जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गर्नुभयो । 

धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग दाम्पत्य जीवन प्रारम्भ गर्नेगरी मुद्दा मिलापत्र गरेपछि दुवैजना वैवाहिक बन्धनमा बाँधिन भएको हो । 

केही दिनअघि मात्रै निहारिकाले धनुषा अदालतमा अंश मुद्दा दिनुभएको थियो । दुवै जनाबीच मिलापत्र भएपछि विगतका झगडा बिर्सेर एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरी बस्ने निर्णय भएको थियो । “म नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता–पतिको हुने कर्तव्य निर्वाह गर्छु”  शिवराजले स्वीकार गर्नुभएको छ । 

“म पनि एकासगोलमा नै बस्नेगरी फिराद दाबी छाडेर मिलापत्र गरेकी हु” निहारिकाले मिलापत्रमा भन्नुभएको छ । शिवराजको घरपरिवारले आफू र आफ्नो बच्चालाई ससम्मान स्वीकारेका छन् । छोराले घर, बुवा र परिवार पाएको छन । त्यसैमा सबैको भलो भएको छ, त्यसैले आफू र शिवराजले पनि विगतका सबै कुरा बिर्सेर नयाँ सुरुवातका साथ अगाडि बढ्ने निर्णय गरेकोमा निहारिकाले खुसी व्यक्त गर्नुभयो । 

छोराले मोबाइल खेलाउँदै गरेको भिडियो कलले शिवराजको मन पग्लेको र त्यसपछि शिवराजले नै सबैथोक बिर्सेर छोराका लागि एक भएर बसौँ भन्ने प्रस्ताव गरेपछि मिल्ने निधो भएको निहारिकाले बताउनुभयो ।  

छोराको डीएनए जाँचपछि शिवराजलाई सजाय दिलाउने अवस्थामा निहारिका पुग्नुभएको थियो । तर दुईबीचको आपसी समझदारीले सम्बन्ध विवाहसम्म पुगेको छ । यसअघि निहारिकाले आफू बलात्कृत भएको र कानुनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि धर्ना बस्दै आउनुभएको थियो ।