• ७ पुस २०८२, सोमबार

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

blog

उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङ ।

मन्थली (रामेछाप), पुस ७ गते । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ ।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  कार्यालय उद्घाटन कार्यक्रममा उहाँले  निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताउनुभयो । 

एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उहाँको भनाइ थियो । “सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो । 

जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो । रासस