लीलाराज खड्का
बिर्तामोड, पुस ७ गते । यहाँस्थित प्रस्तावित कनकाई नगरपालिकाको रङ्गशालामा नियमित खेल अभ्यास गर्ने खेलाडीलाई कनकाई नगरपालिका र कनकाई नगरपालिका –४ नम्बर वार्डले खेल सामग्री प्रदान गरेको छ ।
झापा कनकाई ४ स्थित बुद्धचौकमा रहेको कनकाई माविको खेल मैदानलाई कनकाई नगरपालिकाले आफ्नो नगरको प्रस्तावित रङ्गशालाका रुपमा विकास गर्दै लगिरहेको छ । संघीय सरकारबाट त्यस क्षेत्रमा कभर्डहल निर्माण सम्पन्न भइसकेको छ । प्रदेश सरकारबाट घेरबार र नगरपालिका र वार्ड कार्यालयबाट समेत यस खेल मैदानलाई स्तर उन्नति भइरहेको कनकाई नगर खेलकुद विकास समितिका सदस्य समेत रहेका तुलाराराम विकले बताउनुभयो ।
यसैबिच यस चौरमा नियमित प्रशिक्षणमा रहने खेलाडीलाई खेलमा सहयोग गर्ने उद्देश्यसाथ कनकाई नगरपालिका र कनकाई नगरपालिका वार्ड नम्बर ४ ले खरिद गरी खेल सामग्रीहरु प्रदान गरेको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरपालिका वार्डनम्बर ४ का वडाअध्यक्ष रोशन सुवेदीले यहाँका खेलाडीलाई २४ थान फु्टबल, ग्लोब, फुटबल नेट, पोन, सिटी, मार्कर लगायातका खेल सामग्रीहरु प्रदान गरेको हो ।
यस खेल मैदानमा त्यहाँ खेल खेलिरहेका खेलाडीलाई व्यावसायिक बनाउन प्रशिक्षकको समेत व्यावस्था नगरले गरेको नगर प्रमुख पोखरेलले बताउनुयो ।