• ७ वैशाख २०८१, शुक्रबार

सांसद हत्याको १९ वर्ष, अझै पक्राउ परेनन् अभियुक्त

blog

जीवछ यादव 

लहान, माघ २० गते । सिरहा–४ बाट प्रतिनिधि सभा सदस्य हेमनारायण यादवको हत्या भएको उन्नाइस वर्ष बित्न लाग्दा पनि हत्याका अभियुक्त पक्राउ परेका छैनन्। 

२०६० माघ १९ गते सोमबार सांसद यादवको हत्या भएको थियो। हत्याको अर्को वर्षदेखि उहाँको सम्झनामा स्मृति सभाको आयोजना गर्दै उहाँको परिवारजन र नेकपा (एमाले)का जिल्लास्तरीय नेताहरूले कारबाहीको माग गर्दै आइरेका छन्। 

सिरहा नगरपालिका प्रमुखमा उहाँको जेठो छोरा नविनकुमार यादव, मधेश प्रदेशको प्रदेश सभामा भतिज प्रमोदकुमार यादव निर्वाचित हुनुभयो। सिरहा–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लीलानाथ श्रेष्ठ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भइसक्नुभएको छ। 

अपहरणमा पर्नुभएका सांसद यादवको त्यसको भोलिपल्ट कमला नदीको पुलदेखि पश्चिम लबटोली–५ मा शव भेटिएको थियो। त्यतिबेला नेता डा. बाबुराम भट्टराईले कान्तिपुरमा लेख लेखेर हत्यामा माओवादीको कुनै संलग्नता नरहेको प्रस्ट्याउनुभएको थियो। माओवादीको कुनै संलग्नता नसहेको विज्ञप्ति जारी गरिएको थियो। सांसद आनन्दप्रसाद ढ्ङ्गानाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। गठित संसदीय समितिले हत्याको जिम्मा तत्कालीन शाही नेपाली सेनाले लिनुपर्ने निष्कर्ष निकालेको थियो।