• १३ वैशाख २०८१, बिहिबार

आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ

blog

रौतहट, माघ २० गते । आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा  चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारकाे मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।