• १९ असार २०८१, बुधबार

मधेशका मुख्य न्यायाधिवक्ता ठाकुरद्वारा शपथग्रहण

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, माघ १५ गते । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुरलाई आइतबार नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले मुख्य न्यायाधिवक्ता ठाकुरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुनुहुन्छ ।