• १२ वैशाख २०८१, बुधबार

राजर्षि जनक कप विजेतालाई १० लाख

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

जनार्जन खत्री

सर्लाही, माघ १५ गते । ‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारा सहित सर्लाहीको बागमतीमा सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघको अन्तिम साताबाट हुने भएको छ । 

मधेश प्रदेशकै ठूलो धनराशिको राजर्षि जनक कप फुटबल माघ २५ गतेबाट हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित १२ टोलीको सहभागिता रहनेछ । 

जसमा युनाइटेड किङ्गडम फुटबल क्लब क्लब दार्जिलिङ, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, जावलाखेल यूथ क्लब, चर्च ब्वाइज युनाइटेड, सुदूरपश्चिम–११ धनगढी, मच्छिन्द्र फुटबल क्लब, धरान युवा क्लब, जन जागृति युवा क्लब र साबिक विजेता पिप्ले यूथ क्लब हेटौँडा रहेको क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयो । 

कूल ९८ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पाउने आयोजकले जनाएको छ । धिागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्लबको एक खेलाडीलाई बागमती राईजीङ अफ दि ईयर खेलाडी सहित एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने बताइएको छ ।