कन्हैयालाल केशरी
पर्सा, पुस ९ गते। वीरगञ्ज आर्दश नगरस्थित होटल सरोबरमा महाजग्ङ क्यासिनो सञ्चालनमा आएको छ। यसभन्दा अघि आर्दश नगरमा होटल दियालो प्लाजामा किग्ङस क्यासिनो र होटल सुरजमा फरचुन सिटी गैमिग्ङ क्यासिनो वीरगञ्ज गण्डकस्थित होटल क्लार्क रिसोर्टमा गोल्डेन फिगर क्यासिनो सञ्चालनमा रहेको छ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरको दुरीमा होटल क्लार्कमा रहेको गोल्डेन फिगर क्यासिनो बाहेक सबै तीन किलोमिटर भन्दा कम दुरीमा रहेको छ।
सन्चालनमा रहेको क्यासिनो भारतीयलाई लक्षित गरी खोलिएको भए पनि नेपालीको प्रवेश बढ्दै गएको छ। क्यासिनो जानेले आफूहरु लुटिएको भन्दै गुनासो गर्ने गरेका छन्।
प्रहरीको फितलो अनुगमनका कारण विभिन्न बहानामा क्यासिनोमा जाने र लुटिने गरेका छन्।
नेपाल राजपत्र भाग ३ मिति २०८३–०३–३० गतेमा दफा ४५ छ को उपदफा (२) बमोजिम अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दुरी भित्र क्यासिनो सञ्चालन गर्नको लागि सुरक्षा योजनासहित अन्तर्राष्ट्रिय सीमा सुरक्षाको मुल्याङ्कन गरी प्रचलित कानुन बमोजिमको जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनको लागि सिफारिस गर्नुपर्ने उल्लेख छ।
वीरगञ्जमा तीन वटा क्यासिनो सञ्चालनमा रहेको भएपनि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्याल संयोजक रहेको जिल्ला सुरक्षा समितिले साउन २ गते जिल्ला सुरक्षा समितिको बैठकले मायोजिग्ङ प्रालिको निवेदनमा पर्यटन विभागको नाममा सिफारिस गरी साउन ७ गते जिल्ला प्रशासन कार्यालय पर्साले पत्र लेखिदिएपछि चौथो क्यासिनो (जुवा घर) सञ्चालनमा आएको हो।