• १३ वैशाख २०८१, बिहिबार

गोरखापत्रकर्मी खत्री सम्मानित

blog

सम्मान ग्रहण गर्दै गोरखापत्रकर्मी जनार्जन खत्री (बायाँ) ।

जनार्जन खत्री

सर्लाही, माघ १६ गते । गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री हरिवन सिटी जेसीजको तर्फबाट सम्मानित हुनुभएको छ । हरिवन सिटी जेसीज वर्ष २०२२ का अध्यक्ष विनोद महतले खत्रीलाई कदरपत्र प्रदान गरी सम्मानित गर्नुभएको हो । 

जेसीज अभियानलाई अग्रस्थानमा लग्न योगदान गरेको भन्दै गोरखापत्रकर्मी खत्रीलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीलाई हरिवन सिटी जेसीजको मानार्थ सदस्यको रुपमा सम्मान गरिएको छ । 

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन सिटी जेसीज वर्ष २०२२ ले केही दिनअघि सम्पन्न साधारण सभाबाट वर्ष २०२३ का लागि राजेशप्रसाद चौधरी अध्यक्ष रहनेगरी चयन भएको नयाँ नेतृत्वलाई कार्यभार सुम्पिएको छ ।