माल्टा पठाउने भनी १२ लाख ठगी गर्ने पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
कर्णाली चिसापानी आयोजना : लागत ११ खर्ब ४७ अर्ब, निर्माण अवधि नौ वर्ष
नेपाल विद्युत् प्राधिकरणले कुल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो ।
कटुवा पेस्तोलसहित दुईजना पक्राउ
प्रहरीले राक्सिराङ गाउँपालिका–२ बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङ्तानलाई कटुवा पेस्तोल एकथान र बारुद भरेको दुई वटा फलामको खोकासहित पक्राउ गरेको हो ।
एनसेलका ६ वटा टावरको लाइन काटियो
पालुङ प्राधिकरणले बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो ।
काँग्रेस बैठकमा सरकारका मन्त्रीले प्रगति विवरण पेस गर्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारका मन्त्रीहरूले मन्त्रालयको प्रगति विवरण पेस गर्दै छन् ।
शेर्पालीलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसिएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झन्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा लगातार तीन दिन यता भइरहेको सुनुवाइ आज फैसला हुने बताइएको छ । प्रतिवादीतर्फबाट बहस सकिए आजै मुद्दाको फैसला हुनेछ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
अझै बनेनन् समिति
बागमती प्रदेश सभा गठन भएको एक वर्ष पुग्नै लाग्दासमेत प्रदेश सभा अन्तर्गतका समिति अझै नेतृत्वविहीन छन् । सरकारको नीति तथा कार्यव्रmम बजेटलगायतका कामको अध्ययन, अनुगमन, निगरानी गर्ने, आवश्यक सुझाव दिने अधिकार र दायित्वसँगै सरकारलाई पारदर्शी बनाउने जिम्मेवारी प्रदेश सभा अन्तर्गतका समितिमा रहेको छ तर प्रदेश सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउनुपर्ने प्रदेश सभाका विषयगत समिति आफैँ गुमनाम बनेका छन् ।
घरजग्गा कारोबारमा सुधार
काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय घरजग्गा कारोबारमा केही सुधार देखिएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकको पछिल्लो पाँच महिनाको तथ्याङ्क हेर्दा गत वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्ष घरजग्गा कारोबार बढेको देखाएको हो ।
हेटौँडामा मुख्यमन्त्रीहरू तहगत अधिकारका बारेमा साझा धारणा बनाउँदै
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न बुधवारबाट हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज शुक्रवार सम्पन्न हुँदै छ।
रोवर्टवाटै फुटबल प्रतियोगिता
रोबोटबाटै फुटबल ! सुन्दै अचम्म लाग्ने प्रतिस्पर्धा चितवनको भरतपुरमा रहेको एउटा कलेजले आयोजना गरेको छ । त्यसमा पनि चितवन, काठमाडौँ र पोखराका सूचना प्रविधि र इन्जिनियरिङ कलेजहरू प्रतियोगिताका रुपमा भाग लिएका छन् ।
हवाई दुर्घटनाको जाँचबुझका लागि स्थायी निकाय गठन गर्न सुझाव
गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको जाँचबुझ आयोगले हवाई दुर्घटनाको जाँचबुझ गर्ने स्थायी निकाय गठन गर्न सरकारलाई सुझाव दिएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले अन्तर्राष्ट्रिय हवाई उड्डयनलाई गाइड गर्ने सिकागो महासन्धिको अनुसूची १३ बमोजिम दुर्घटनाको अनुसन्धान गर्न स्थायी निकाय गठन गर्नुपर्ने सुझाव दिएको हो । जाँचबुझ आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई जहाज दुर्घटनाको पूर्वप्रतिवेदन हस्तान्तरण गर्दै मानवीय र प्राविधिक स्रोतसाधनसहितको अनुसन्धान निकाय गठन गर्न सुझाएको हो ।
कूटनीतिक सम्बन्ध विस्तारमा सफलता
सन् १८१६ मा पहिलो पटक बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालको अहिले विश्वका १८१ मुलुक र २७ मुलुक आबद्ध युरोपेली सङ्घसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ । त्यस्तो सम्बन्धलाई प्रतिफलमूलक बनाउन वर्तमान सरकार गठन भएको एक वर्षमा धेरै काम भएको छ ।
दूरसञ्चार ऐन संशोधनको तयारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार ऐन संशोधनको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले २०५३ मा ऐन लागु हुँदा र अहिलेको अवस्थामा फरक आइसकेकाले कानुन परिमार्जनलाई प्राथमिकतामा राखिएको बताउनुभएको हो । पछिल्लो समय प्रतिनिधि सभाका तीन विषयगत समितिले उक्त ऐन समयानुकूल हुने गरी संशोधन प्रव्रिmया अघि बढाउनसमेत निर्देशन दिएका थिए ।
मैनालीका तीन कृति सार्वजनिक
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ ।
पत्रकार महर्जनको निधन
सामुदायिक रेडियो तथा वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणको अभियानमा क्रियाशील पत्रकार अष्टमान किसी महर्जनको निधन भएको छ ।
‘प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेस बाधक बन्दैन’
सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे पार्टी बाधक नबन्ने बताउनुभएको छ ।
अजरबैजान पठाउने भनी ६ लाख बढी ठगी गर्ने पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाउने भनी ६ लाख ७७ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका हरि कुमार दाहाललाई पक्राउ गरेको छ ।
गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार
सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनः स्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।
बालकुमारीमा नेकपा एसको केन्द्रीय कमिटी बैठक
नेकपा (एकीकृत समाजवादी) बैठकको सातौँ केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ ।
मजदुरले ज्याला बापतको रकम पाएनन्
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर्तीछापमा निर्माण भएको तीन वर्ष पुग्दा पनि स्वास्थ्य चौकी निर्माण गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।
घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताउनुभएको छ ।