काठमाडौँ महानगरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने
काठमाडौँ महानगरपालिकामा पनि अब स्वास्थ्य बिमा सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच समझदारी पत्रमा हस्ताक्षर भएसँगै काठमाडौँ महानगरपालिकामा बिमा कार्यक्रम सुरु हुने भएको हो ।
टुँडिखेलमा तीन दिने ल्होसार महोत्सवको तयारी
गुरुङ जातिले आफ्नो प्रमुख पर्व ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ल्होसार तयारी पूरा भएको आयोजकले जनाएको हो ।
जुवातास खेलिरहेका दश जना प्रहरी नियन्त्रणमा
जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१३ तहाचलस्थित काठमाडौँ महाराजगन्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
नेप्से परिसूचकमा १७ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।
पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : सम्मानित नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताउनुभएको छ ।
पुल निर्माणमा ढिलाइ हुँदा छ जिल्लाका बासिन्दालाई सास्ती
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ स्थित सोखुखोलामा निर्माण सुरु गरेको पक्की पुल एक दशक बित्दा पनि नबनेपछि छ जिल्लाको बासिन्दाले सास्ती खेप्नु परेको छ ।
मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते
मोटरसाइकल दुर्घटनामा तीन जना गम्भीर घाइते हुनुभएको छ । घाइतेलाई एम्बुलेन्समा राखेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
बिहीबारबाट सुरु हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा
काठमाडौँको भृकुटीमण्डपमा हुने आठौँ घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास सङ्घले जनाएको हो ।
रोटरी क्लब हेटौँडाद्वारा ७७ लाखभन्दा बढीको उपकरण सहयोग
रोटरी क्लब अफ हेटौँडाले हेटौँडा उपमहानगरपालिका–६ रामनगरमा सञ्चालनमा रहेको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाखभन्दा बढीको अत्याधुनिक उपकरणहरू सहयोग गरेको छ ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी आकासे पुलमा लिफ्ट
काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ ।
चार करोड २० लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा, सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २० लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।
प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
हेटौँडामा सडक खाना महोत्सव हुने
होटल एसोसियसन अफ मकवानपुरको आयोजनामा हेटौँडामा तीन दिने सडक खाना महोत्सव हुने भएको छ ।
पहाडी भू–भागमा आंशिक बदली हुने
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
सडक दुर्घटनाको ग्राफ बढ्दो : महिनामा दुई हजारभन्दा बढी दुर्घटना
नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार यो वर्ष (२०८०/८१) को साउन महिनामा दुई हजार २३ वटा, भदौमा दुई हजार ३४, असोजमा दुई हजार ९८ र कात्तिक महिनामा दुई हजार ५३ सवारी दुर्घटना भएको तथ्याङ्क रहेको छ ।
गोही अनुगमनका क्रममा नारायणीमा भेटियो डल्फिन
गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।
ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरु हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताउनुभएको छ ।
ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताउनुभएको छ ।
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
राहदानी वितरण ६५ प्रतिशत जिल्लाबाटै
राहदानीका लागि हप्ता दिन लगाएर पालो कुर्दा राहदानी हातमा नपाई फर्किनुपर्ने अवस्थाको अहिले अन्त्य भएको छ । राहदानी प्राप्ति सहज बनेको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।
समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी
समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै आज
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।
अनधिकृत रूपमै काम गर्दै निजामती कर्मचारी
निजामती कर्मचारीलाई सङ्केत नम्बर नदिँदा कर्मचारी वितरण प्रणाली भद्रगोल भएको छ । कर्मचारी नियुक्त भएर गएपछि काममा खटनपटन गर्नु पूर्व कर्मचारी सङ्केत नम्बर वितरण गरेर कर्म विवरण दिनुपर्ने हो ।