• १२ मंसिर २०८१, बुधबार

काठमाडौँ महानगरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने

blog

काठमाडौं, पुस ११ गते । काठमाडौँ महानगरपालिकामा पनि अब स्वास्थ्य बिमा सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच समझदारी पत्रमा हस्ताक्षर भएसँगै काठमाडौँ महानगरपालिकामा बिमा कार्यक्रम सुरु हुने भएको हो । 

समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।

स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति भएको छ । सहमतिमा बिमा कार्यक्रम यो महिनाभित्र लागू गर्ने सहमति भएको छ ।

स्वास्थ्य बिमा सञ्चालन गरेसँगै देशभरका ७५१ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । अब काठमाडौँका बुढानीलकण्ठ र नागार्जुन नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुन बाँकी छ । दुई नगरपालिकामा पनि छिट्टै कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भइरहेको बिमा बोर्डले उल्लेख गरेको छ ।

बिमा गरेपछि प्रति पाँच जनाको परिवारले एक वर्षमा एक लाख बराबरको सेवा प्राप्त गर्ने व्यवस्था रहेको छ ।