चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु
चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बिजौनामा जङ्गली हात्तीले सतायो
मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनामा शनिबार राति जङ्गली हात्तीको आक्रमणबाट ५१ वर्षीय कान्छीमाया तामाङ घाइते हुनुभएको छ । घरबाट बाहिर निस्किँदा जङ्गली हात्तीको आक्रमणबाट कान्छीमायाको ढाडमा चोट
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ ।
दोलखा महोत्सवको तयारी तीव्र
दोलखा वाणिज्य सङ्घको आयोजना हुने बृहत् दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । पुस १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा हुने बृहत् दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र पारिएको सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्यको नामावली टुङ्गो लगाउन जसपा बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (मङ्गलवार) बस्ने भएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्नका लागि पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेदेखि बैठक बस्ने भएको हो ।
सामाजिक सुरक्षा योजना विस्तार
आन्तरिक मात्र होइन वैदेशिक रोजगारमा रहेकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिले सफलता पाउन थालेको छ । वर्तमान सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा आबद्धता अनिवार्य गरेकाले नौ महिनामै साढे पाँच लाख आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार २०७९ चैत ८ देखि २०८० पुस ५ सम्म पाँच लाख ३२ हजार ७३ जना कोषको योजनामा आबद्ध भएका छन् ।
पर्यटन क्षेत्रमा लगानी गर्न प्रदेश सरकारको आह्वान
सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक कार्यक्रममा प्रदेश सरकारले सो आव्हान गरेको हो ।
राष्ट्रपति पौडेल सरस्वती क्याम्पसको वार्षिकोत्सवमा सहभागी हुनुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले आफू अध्ययन गर्नुभएको सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
टीआरसी सम्बन्धमा बालुवाटारमा शीर्ष नेताको बैठक
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विषयमा छलफल भइरहेको छ ।
श्रेष्ठ स्मृति मिडिया कपमा चितवन च्याम्पियन
नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।
एपिसिग अध्यक्षमा अर्याल
एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपिसिग) को अध्यक्षमा अधिवक्ता बाबुराम अर्याल निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उमेदवार पाकिस्तानका मुबसिर सरगनाभन्दा बढी मत प्राप्त गरेर अर्याल अध्यक्ष निर्वाचित हुनुभएको हो ।
यस्तो छ स्वास्थ्य क्षेत्रमा भएको प्रगति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुगेको छ । सरकार गठन भएको एक वर्षको उपलक्ष्यमा सबै मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गतको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय शय्या पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् ।
मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द
नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल निर्माण गर्न गत शनिबारदेखि दैनिक चार घण्टा सडक बन्द गर्न सुरु गरिएको छ ।
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग
नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ ।
सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा कृषक
आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान चिन्तित बनेका हुन् ।
आगामी आवको बजेट निर्माण सुरु, प्रदेश र स्थानीय तहसँग योजना माग
आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो ।
चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
स्यार्से कालिका मन्दिरमा आजबाट मेला
मकवानपुरको नामटारमा आज सोमबारदेखि दुई दिने स्यार्से कालिका मेला लाग्ने भएको छ । आज साँझबाट कैलाश गाउँपालिका–९ नामटारस्थित कालिका मन्दिर परिसरमा सुरु हुने मेला भोलि धान्यपूर्णिमाका दिन कालिका मन्दिरमा पूजाआजासहित पाठीको बली दिएर समापन गरिने बताइएको छ ।
चेपाङ बालबालिकाले पाए दिवा खाजा र न्यानो कपडा
चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ ।
अवरुद्ध बिपी राजमार्ग सञ्चालन
सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ ।
दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भयो : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको छ । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको हो ।
बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध
सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी
पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।