गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आफू अध्ययन गर्नुभएको सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
क्याम्पसको मंगलबार (भोलि) हुने वार्षिकोत्सव कार्यक्रममा पूर्व विद्यार्थी तथा राष्ट्रप्रमुखको हैसियतले उहाँको सहभागिता रहने क्याम्पस प्रमुख डा. गोलमान गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलको उपस्थितिले क्याम्पस परिवार गौरवान्वित भएको क्याम्पस प्रमुख गुरुङले आज विज्ञप्ति प्रकाशित गरी जानकारी गराउनुभएको छ । राष्ट्रप्रमुख पौडेलले अध्ययनका क्रममा विद्यार्थी नेताको रुपमा नेतृत्व गरी लोकतन्त्रका लागि गर्नुभएको योगदान स्मरणीय रहेको उहाँले स्मरण गर्नुभएको छ ।