पर्यटक आकर्षित गर्न वृन्दावन निर्माण
दोलखाको भीमेश्वर नगरपालिका–४, जिलुमा रहेको धार्मिक वनको घैयाखोरियामा वृन्दावन निर्माण गरिएको छ । यहाँ रहेका पौराणिक चिह्न र सुन्दर ठाउँलाई जोगाइराख्न वृन्दावन निर्माण गरिएको समाजसेवी केशवराज चौलागाईंले जानकारी दिनुभयो ।
आज विश्व शिक्षक दिवस
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ ।
बरामद धातु सुन भएको पुष्टि
दोलखाको बिगु गाउँपालिकाबाट बरामद भएको ११ केजी पहेँलो धातु सुन भएको पुष्टि भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको पहेँलो धातु काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घ क्षेत्रपाटीमा परीक्षण गर्दा सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।
द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्नुहुन्छ । असोज ४ गतेदेखि नै उहाँले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आउनुभएको छ । अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको उहाँले बताउनुभयो ।
दोलखा सुन तस्करी प्रकरण : काठमाडौँबाट थप एकजना चिनियाँ पक्राउ
दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँको स्वयम्भूबाट आज थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
इपिजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव
नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उहाँहरूले दुई देशबिचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्याइ आधिकारिकता दिनुपर्ने भनाइ राख्नुभयो ।
दुर्घटनामा एकको मृत्यु, दस घाइते
मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु र १० जना घाइते भएका छन् । हेटौँडा–धरान–चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ स्थित तीनतलेमा हेटौँडाबाट छतिवनतर्फ जाँदैगरेको दूध बोक्ने ना १ घ ५४४ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्कर चालक हेटौँडा उपमहानगरपालिका–९ का सिद्धान्त लामाको मृत्युभएको छ ।
चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवतजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताउनु भएको छ ।
सन् २०२५ को डिभी खुला
अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज रातिबाट खुला हुने भएको छ ।
अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा
सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताउनुभयो ।
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति
सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ ।
गाडी पल्टिँदा एकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका-५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका-९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।
लोसपा केन्द्रीय कार्यकारी समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकमा नेताहरूले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबिच भेट
सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको हो ।
सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
किसानका समस्याबारे रास्वपाले बुझायो ध्यानाकर्षण पत्र
कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ । रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुसाललाई किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट बाली प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था, किसान सुरक्षा कोष लागू गर्नेलगायत नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।
माल्टा पठाउने भनी ६ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी ६ लाख रुपियाँ ठगी गर्ने तनहुँ व्यास नगरपालिका वडा नं.१२ का रञ्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
चाडपर्व लक्षित सुपथ मूल्यका पसल दुर्गममा पनि सञ्चालन गर्न सरकारलाई निर्देशन
संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा नुन, चिनी, चामल, दाल लगायतका अत्यावश्यक वस्तुहरूको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेप्से परिसूचकमा सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा मन्त्रीहरु र सुरक्षा अङ्गका प्रमुखहरु सहभागी छन् ।
बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन
दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गर्ने सरकारको निर्णय
सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गर्ने निर्णय गरेको छ ।
बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
काठमाडौँ महानगरपालिका-२६ गोङ्गबु नयाँबसपार्कस्थित ‘द बर्गर हाउस’ मा एक जना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते
सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।