नागार्जुन नगरवासीलाई निः शुल्क रगत
नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ ।
नेताहरूमाथिको पक्राउ पुर्जी अनुचित : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविव्रmम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित भएको बताउनुभएको छ ।
अबदेखि क्युआर स्क्यान गरेर कर तिर्न सकिने
चितवनको खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू गरेको छ ।
सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष
नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ ।
कार्यसम्पादन समीक्षा गर्न सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै मन्त्रालयका मन्त्री तथा सचिवलाई मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्न सुझाव दिएको छ । आयोगले केही समयअघि नेपाल सरकारका सचिव, सार्वजनिक संस्थान, विभागीय प्रमुख तथा नियामक निकायका प्रमुखसँग गरेको अन्तर्क्रियाको विश्लेषण गरेर यस्तो सुझाव दिएको हो । आयोगले नेपाल सरकारका सचिव र विभागीय प्रमुखसँग तथा सार्वजनिक संस्थान र नियामक निकायका प्रमुखसँग छुट्टाछुट्टै अन्तर्क्रिया गरेको थियो ।
द्रुतमार्ग निर्माण समयमै सक्न निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।
मर्यादित कामका लागि आईएलओको देशीय कार्यक्रम
मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को साझेदारीमा पाँच वर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ २०२३-२०२७ कार्यान्वयनमा आएको छ ।
जहाजको शौचालयमा नवजात शिशु
एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज
पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।
‘समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न दृढ छौँ’
प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजना मध्ये सबैभन्दा प्राथमिकता प्राप्त काठमाडौँ-तराई-मधेस द्रुतमार्ग(फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा गर्न नेपाली सेना दृढ रहेको बताउनुभएको छ ।
नाबालिका दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी दुबईबाट पक्राउ
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी गर्ने क्रममा अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिने ३३ वर्षीय सगीर अहमदलाई दुबईबाट पक्राउ गरेको छ ।
उपभोक्ताको रोजाइमा काठका सामान
नेपालमा पछिल्लो समय काठबाट निर्माण गरिएका सामान उपभोक्ताको रोजाइमा पर्न थालेका छन् । उपभोक्ताको रोजाइलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिका-५ कैलाशनगरमा १४ जना व्यवसायी मिलेर ‘चितवन उड क्राफ्ट प्रालि’ स्थापना गरेका छन् ।
सामाजिक सञ्जालसम्बन्धी कानुनको मुख्य आधार सामाजिक मूल्य मान्यता : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जाल प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाल्दै आएको सामाजिक मूल्य मान्यता हुनुपर्ने बताउनुभएको छ ।
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।
अध्यागमन विभागद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवम् निरीक्षण गरेको छ । बुधबार विभागको टिमले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवम् निरीक्षण गरेको हो ।
आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द
हेटौँडा औद्योगिक क्षेत्रका चार वटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेको हो ।
राष्ट्रपतिद्वारा सर्वोच्चमा छजना न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गर्नु भएको छ ।
अझै कायम छ धामी–झाँक्री प्रथा
जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बुढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ ।
डलर साटिदिने बहानामा लुटपाट
काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।
त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा
एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ ।
सुकुम्बासीलाई जग्गाको निस्सा वितरण
गौरीशङ्कर गाउँपालिकाका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरिएको छ ।
काभ्रे एकीकृत खानेपानी आयोजना : आठ वर्षसम्म अधुरै
जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि आयोजनाले ठेक्का तोडेर कानुनी उपचारमा लागेको जनाएको छ ।
दुई वटा मन्त्रालयको सङ्गठन संरचना स्वीकृत
बागमती प्रदेश सरकारले प्रदेशका थप दुई वटा मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।
नयाँ कक्षमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार मध्याह्नबाट बैठक सुरु भएको हो ।