• २७ वैशाख २०८२, शनिबार

अध्यागमन विभागद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

blog

अध्यागमन विभागद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवम् निरीक्षण गर्दै । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस ४ गते । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवम् निरीक्षण गरेको छ । बुधबार विभागको टिमले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवम् निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु राखेर सेवा दिँदै आएको बताउनुभयो ।


वरिष्ठ अध्यागमन अधिकृत उपाध्यायले विदेशी नागरिकका लागि चार वटा काउण्टर र १० वटा काउण्टर नेपाली नागरिकका लागि राखेर सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले अहिले करिब एक दिनमा नौ देखि १० हजार यात्रुहरू नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको बताउनु भयो ।

‘‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा छौँ । यहाँ सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु रहेका छन् । यसमा नियमित रूपमा सेवा प्रवाह हुन्छ । तीन वटा सिफ्टमा काम हुन्छ । यहाँ विदेशी नागरिकका लागि चार वटा काउण्टरहरु छन् ।,’’ वरिष्ठ अध्यागमन अधिकृत उपाध्यायले भन्नुभयो, ‘‘त्यस्तै १० वटा काउण्टर नेपाली नागरिकका लागि छन् । सोहीअनुरूप सेवा लिनुहुन्छ । अहिले करिब एक दिनमा नौदेखि १० हजार यात्रुहरू नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको देखिन्छ । पर्यटक सिजनमा अझै बढ्छ । बिहान र बेलुका यात्रुहरूको चाप अलि बढी हुन्छ । हामीले यहाँ औसतमा हेर्दा कम्तीमा तीन सयको हाराहारीमा एक जना कर्मचारीले तीन सयको हाराहारीमा काम गरेको र एक वर्षमा ६४ हजार यात्रुलाई प्रस्थानको अनुमति दिएको देखिन्छ ।’’

उहाँले अहिले एउटा कर्मचारीले तीनदेखि चार सयको हाराहारीमा यात्रुहरूलाई पठाउने काम गरेको बताउनु भयो ।