• २४ असार २०८१, सोमबार

सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आजै

blog

काठमाडौं, पुस ५ गते । सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको  सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।

बिहीबार दिउँसो ३ बजे शीतल निवासमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गर्नुभएको थियाे ।

राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएसँगै सर्वोच्च पुगेर छ जना न्यायाधीशले आफ्नो कार्यभार सम्हाल्नुहुने छ । ६ जना न्यायाधीश थपिएसँगै सर्वोच्चमा अब २० जना न्यायाधीश हुनेछन् । 

यो पनि पढ्नुहोस

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

यो पनि पढ्नुहोस