• ७ असार २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा सर्वोच्चमा छजना न्यायाधीश नियुक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, पुस ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गर्नु भएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको हो ।

न्यायाधीशमा नियुक्ति पाउनु हुनेहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल रहनु भएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।