ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा सुरु
ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बिमा सुरु भएको हो ।
मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै प्रदर्शन
काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ
लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
निर्दोष व्यक्ति थुनामा पर्ने अवस्थाको अन्त्य गर्छु : प्रस्तावित न्यायाधीश पोखरेल
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
सभापति देउवाद्वारा मेहताको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीका पार्टी नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह
समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गर्नुभएको हो ।
स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने
स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।
अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताउनुभएको छ ।
सङ्घीय सांसदको टोली चीन प्रस्थान
सङ्घीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली आज छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट ७४ हजार विद्यार्थी दीक्षित (फोटो फिचर)
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
८३ जनाबाट दुई करोड ६३ लाख ठगी गर्ने उपाध्याय युएईबाट पक्राउ
दुबईका आकर्षक तलबमा काम लगाइदिने भन्दै ८३ जनाबाट दुई करोड त्रिसट्ठी लाख चौवन्न हजार छ सय दस रुपियाँ ठगी गर्ने कोमल राज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । युएई मा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।
दुई सयभन्दा बढीको आँखाको निःशुल्क शल्यक्रिया
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले दुई सय ५० जना मोतिबिन्दु रोग लागेर छनाेट भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
हेटौँडा औद्योगिक कार्यालयद्वारा चार उद्योगको सम्झौता रद्द
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चार वटा उद्योगसँगको सम्झौता रद्द गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु
काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो ।
उपत्यकाको विकास एकै पटक हुनुपर्छः प्रमुख साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताउनुभएको छ ।
सम्पदा क्षेत्र सार्वजनिक खरिद ऐन अनुसार निर्माण नगरौँः प्रमुख महर्जन
ललतिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताउनुभएको छ ।
नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकार नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
'एक विद्यालय, एक नर्स' कार्यक्रम प्रभावकारी बन्दै
सिन्धुली जिल्लाका विभिन्न सामुदायिक माध्यमिक विद्यालयमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ।
चिउरीबाट घिउ उत्पादन गर्दै चेपाङ
गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घिउ उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घिउ उत्पादन गर्ने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ ।
आगलागी हुँदा झण्डै १० लाखको क्षति
हेटौँडा उपमहानगरपालिका १३ टुटेपानीस्थित एक गोठमा आगलागी हुँदा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
जङ्गली हात्तीले दुई घरमा क्षति पुर्यायो
मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीले दुई घरमा क्षति पुर्याएको छ । मनहरी गाउँपालिका ८ सिमपानीस्थित टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्णरुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै उक्त हात्तीले आइतबार