नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
अग्रजको भूमिका सम्मानयोग्य
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति, साहित्यलगायत सबै क्षेत्रमा निष्ठाको खडेरी देखिएको बताउनुभयो । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले आयोजना गरेको ‘सातौँ साधारण सभा उद्घाटन, पुरस्कार तथा सम्मान अर्पण एवं खसानी गोष्ठीपत्र विशेषाङ्क लोकार्पण समारोह’ मा उहाँले समाजमा योगदान गरेका व्यक्तिहरूको सम्मान हुनुपर्नेमा जोड दिनुभयो ।
राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै
आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक बिहान ८ बजेबाट धुम्बाराहीमा बस्नेछ । बैठक आजबाट मङ्गलवारसम्म चल्नेछ । बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ ।
रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोकियो
मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले कोदो र धान कोदो प्रति केजी ५४, फापरको प्रतिकेजी सय र जुनेलोको प्रतिकेजी ८४ रुपियाँ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
बन्दै छन् कार्यालय भवन
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । पुरानो कच्ची वडा कार्यालयलाई भत्काएर सोही स्थानमा सङ्घीय सरकारको लगानीमा पक्की भवन निर्माण गरिएको हो । सङ्घीय सरकारको लगानीमा सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीमार्फत निर्माण भएको भवनको शुक्रबार उद्घाटन गरिएको मन्थली नगरपालिका–८, चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
रूप फेरियो राताटारको
कालोपत्रे सडक, तीन तलासम्मका पक्की घरहरू, विद्युत्, चौबिसै घण्टा खानेपानी प्रायः यी सुविधा सहरी क्षेत्रमा पाइन्छ । बिपी राजमार्गबाट सवारीसाधनमा बढीमा सात मिनेटमा नै पुगिने राताटारले यतिखेर यी सबै सुविधा भएको स्थानको पहिचान बनाएको छ । गोलन्जोर गाउँपालिका–७ को राताटार सात वर्षअघिसम्म भत्किएका घर र अस्थायी टहरोले कुरूप थियो । यतिखेर त्यही राताटार रङ्गीन भएको छ । “अहिले त स्वर्ग झैँ भएको छ,” स्थानीय कृष्णबहादुर राईले प्रतिक्रिया व्यक्त गर्नुभयो । “यस्तो होला भन्ने त कल्पना पनि गरिएको थिएन,” उहाँले भन्नुभयो, “पिच सडक गाउँमै आउला भन्ने लागेकै थिएन । भूकम्पपछिको पुनर्निर्माणबाट पक्की संरचना बनेपछि राताटार गाउँको मुहार नै फेरिएको छ ।”
मोटरसाइकल दुर्घटनामा वडासदस्यको मृत्यु
चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उहाँ नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।
तातोपानी नाकाबाट आयात वृद्धि
उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । चालु आवको भदौयता चीनबाट उक्त नाका हुँदै आयातमा निरन्तर वृद्धि र सहज आपूर्ति हुन थालेपछि व्यापारी उत्साही हुन थालेका छन् । चार वर्षअघि तातोपानी नाका खुलाए पनि पूर्ण रूपमा सञ्चालनमा आएको थिएन तर चालु आवबाट आयातमा भारी वृद्धि हुन थालेपछि अहिले उक्त नाकामा चहलपहलमा पनि वृद्धि भएको छ ।
दुरवस्थामा काठमाडौँका हिटी
काठमाडौँ उपत्यकाका ढुङ्गेधारा अर्थात् हिटीको अवस्था दयनीय बन्दै गएको छ। एक अध्ययन अनुसार प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकाभित्र खानेपानीको स्रोतका रूपमा रहेका १५४ वटा ढुङ्गेधारा (हिटी) उचित संरक्षणको अभावमा दुरवस्थामा पुगेका हुन् । तीमध्ये ६१ वटा (४० प्रतिशत) ढुङ्गेधारामा मात्र हाल पानी आउने गरेको पाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले यही मङ्सिरमा अलान फाउन्डेसनबाट यो अध्ययन गराएको थियो ।
नेवाः ताम्सालिङको माग गर्दै प्रदर्शन
बागमति प्रदेशको नाम नेवाः ताम्सालिङ हुनुपर्ने माग गर्दै तामाङ र नेवार समुदायले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।ताम्सालिङ संयुक्त संघर्ष समिति, नेपाल तामाङ घेदुङ र नेवा दय दवु थिथि खलः पुचःले काठमाडौंको भुगोलपार्क न्युरोडदेखि असनचोकसम्म प्रदर्शन गरेका हुन् ।
‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ कृति लोकार्पित
लेखक तथा साहित्यकार यज्ञराज उपाध्यायद्वारा लिखित ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ नामक कृतिको यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । सो कृतिको वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ आज लोकार्पण गर्नुभएको हो ।
संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
‘बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । उहाँले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
कर्णाली चिसापानीको अध्ययन प्रक्रिया अगाडि बढ्यो
नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठुलो जलविद्युत आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ ।
प्रदेश प्रमुख शर्मा पुनः अस्पताल भर्ना
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना हुनुभएको छ । मङ्सिर २८ गते बिहीबार उहाँ अस्पताल भर्ना हुनुभएको हो ।
प्राज्ञ-प्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो ।
नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।
एनसेल प्रकरण : जसपाले छानबिनको लागि संसदीय समिति गठन गर्न सुझाव दिने
जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरीय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ ।
सरकारले प्रतिआश्रित नागरिकलाई १० हजार रुपियाँ दिने : प्रधानमन्त्री प्रचण्ड
सडकमानव उद्धार गरी पालनपोषण गर्ने तथा पारिवारिक रूपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।
कृष्णको स्वरूप चितवनको धर्मधाम (फोटो फिचर)
चितवनको भरतपुर–११ जिरौनामा अवस्थित निकै नै आकर्षक र कलात्मक शैलीको धर्मधाम । यो धर्मधाम महन्थ धर्मदास महाराजको नाम राखेर करिब ६ वर्ष अगाडी स्थानीयवासीहरु, विभिन्न सङ्घ संस्थाहरूको जनश्रमदानबाट निर्माण गरिएको भनेर यही धर्मधामका पुजारी बताउनुहुन्छ।
नेपाली संस्कृतिको प्रचार गर्न आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक अभ्यासमा जीवित रहेको नेपाली संस्कृति, परम्परा र कलाको प्रवर्धन गरी पर्यटनसँग जोड्ने अवसरको सदुपयोगका लागि आह्वान गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले परापूर्वकालदेखि नै हस्तकलाको संस्कृतिसहित समाजवादमा आधारित जीवन्त अभ्यास भइरहेको नेपाली समाज, परिवेशलाई अब पर्यटन र रोजगारीसँग जोड्नेतर्फ सोच्नुपर्ने बताउनुभएको हो ।
बुद्धपार्कको निर्माण अलपत्र
दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–६ मा नगरकै महìवपूर्ण योजनाका रूपमा लिइएको बुद्धपार्कको निर्माण अलपत्र परेको छ । पाँच वर्षअघि निर्माण सुरु भएको यो पार्कको आर्थिक
हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु
श्री शार्दूल जङ्ग गुल्म र काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्यमा शुक्रबार हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजना अनुरूप गुल्मपति सेनानी पूर्ण प्रजापतिको उपस्थितिमा सो सौन्दर्यीकरण अभियानको प्रारम्भ भएको हो । २९ औँ महानगर दिवसको उपलक्ष्यमा थालिएको यस सौन्दर्यीकरण कार्यक्रममा श्री शार्दूल जङ्ग गुल्मका सैनिक जनशक्तिको उपयोग गरिने छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार परिसरमा अस्तव्यस्त सवारीसाधन पार्किङलाई व्यवस्थित बनाउन २०७७ सालमै शार्दूल जङ्ग गुल्मका तत्कालीन गुल्मपति विकास शाक्यको नेतृत्वमा यस क्षेत्रको सौन्दर्यीकरण अभियान सुरु भएको थियो ।
आज काठमाडौँका यी स्थानहरूमा बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।