शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १ गते । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक बिहान ८ बजेबाट धुम्बाराहीमा बस्नेछ । बैठक आजबाट मङ्गलवारसम्म चल्नेछ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफल हुने बताउनुभएकाे छ ।