• २१ पुस २०८१, आइतबार

तातोपानी नाकाबाट आयात वृद्धि

blog

चित्र मिजार

सिन्धुपाल्चोक, पुस १ गते । उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको भदौयता चीनबाट उक्त नाका हुँदै आयातमा निरन्तर वृद्धि र सहज आपूर्ति हुन थालेपछि व्यापारी उत्साही हुन थालेका छन् । चार वर्षअघि तातोपानी नाका खुलाए पनि पूर्ण रूपमा सञ्चालनमा आएको थिएन तर चालु आवबाट आयातमा भारी वृद्धि हुन थालेपछि अहिले उक्त नाकामा चहलपहलमा पनि वृद्धि भएको छ । 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आव २०८०/८१ को पाँच महिनामा करिब चार अर्ब सात करोड रुपियाँ बराबर राजस्व उठेको जानकारी दिनुभयो । “यही टे«न्डमा राजस्व सङ्कलन हुने हो भने यस वर्ष आठ अर्ब ४२ करोड बढी राजस्व उठ्ने र राजस्वको लक्ष्य पूरा हुने देखिन्छ,” केसीले थप्नुभयो । आयातमा ८० प्रतिशत कृषिजन्य सामग्री छन् । 

ट्रान्स सिल्क टर्मिनल्स प्रालिका संयोजक विजय शेर्पाका अनुसार अहिले दैनिक उक्त नाकाबाट चार करोड बढीको फलफूल र अन्य सामान आयात हुन थालेको छ । 

२०७१ साउन १७ को जुरे पहिरो, २०७२ को भूकम्प, २०७३ साल र त्यसपछिका बर्खायामको बाढीपहिरोले कहिले पूर्ण र कहिले आंशिक बन्द भएको नाकाले कुनै पनि वर्ष लक्ष्य अनुसारको राजस्व उठाउन सकेको थिएन ।