तस्बिरमा बोधिसत्त्वको मञ्चन
गुरुको गलत विवेकले जन्माएको एक हिंस्रक प्राणीको कथा हो नाटक ‘बोधिसत्त्व’। टेकुको कौसी थिएटरमा मञ्चन भइरहेको नाटकले समाजमा भएका राम्रा स्वभाव भएका मानिस पनि परिबन्ध र वचनको सिकारमा कसरी हिंसाको बाटो अवलम्बन गर्न बाध्य हुन्छन् भन्ने कुरा चित्रण गरिएको छ।
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
प्रस्तावित न्यायाधीसद्वय पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ
सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये दुई जनाको आज संसदीय सुनुवाइ भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभयो ।
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आज बिहानदेखि जारी छ । बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गर्नुभएको छ ।
दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीनजना पक्राउ
प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ ।
स्केच सार्वजनिक गर्दा पनि मृतकको सनाखत भएन
गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।
शिक्षाको लगानी कसैले खोस्न सक्दैन : अर्थमन्त्री डा. महत
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘अरू क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’’
भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न
भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो ।
बढ्यो नेप्से परिसूचक
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो ।
सेलो महोत्सवमा कलाकारहरू सम्मानित
तामाङ कलाकार सङ्घद्वारा आयोजित मौलिक सेलो महोत्सवमा कलाकारहरू सम्मानित भएका छन् । राजधानीमा आयोजित दुईदिने मौलिक सेलो महोत्सवमा तामाङ समुदायको मौलिक गीत-सङ्गीतको प्रवर्द्धनमा सक्रिय पत्रकार तथा कलाकार बुद्ध योन्जनलगायतका कलाकारहरू सम्मानित हुनुभएको हो ।
३८ खर्ब रेमिट्यान्स हरायो : जिफन्ट
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले वैदेशिक रोजगारीमा गएकाबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराएको बताएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० को अवसरमा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।
हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्याइरहेको बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ ।
थप सुन्दर बनाइँदै ऐतिहासिक ‘काष्ठमण्डप’
हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दूलजङ्ग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो ।
‘मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्याऔँ’
सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गर्नुभएको छ । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्नुहुँदै उहाँले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिनुभयो ।
पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च
चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।
पुलबजारका ४५ खेलाडी बेरेन्ज बेल्ट
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको पुलबजारमा रहेको नेपाल सितोरियो कराँते डोजोले जुनियर खेलाडीका लागि बेल्ट टेष्ट गराएको छ ।
व्यासमा राष्ट्रपति रनिङ शिल्ड सुरु
व्यास नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । निर्मल माध्यमिक विद्यालय परिसरमा भएको प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो।
४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेज गर्न माग गर्दै आजपाद्वारा भन्सार विभाग घेराउ
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको छ ।
भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।
राइजिङ नेपालको उत्तरदायित्व अरुभन्दा बढी छ : सञ्चार विज्ञ दाहाल
काठमाडौं विश्वविद्यालयका एसोसियट प्रोफेसर तथा सञ्चार विज्ञ डा. सुधांशु दाहालले दि राइजिङ नेपाल सरकारी अंग्रेजी दैनिक पत्रिका भएकाले यसको जिम्मेवारी र दायित्व अन्य मिडियाभन्दा अझ बढी रहेको बताउनुभएको छ ।
'भर्ना प्रक्रिया जारी छ : विद्यार्थी घटेको भन्न मिल्दैन'
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान एकीकृत प्रवेश प्रणालीका अनुसार त्रि. वि. विश्वविद्यालय इन्जिनियरिङ संस्थान अन्तर्गत इन्जिनियरिङ कलेजहरुमा ६५ प्रतिशत भन्दा बढी इन्जिनियरिङका विद्यार्थी भर्ना भइसकेका छन् ।
‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्यो
जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् ।
सरकारी सञ्चार माध्यमले जनताको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको बताउनुभएको छ ।