• ५ असोज २०८१, शनिबार

स्केच सार्वजनिक गर्दा पनि मृतकको सनाखत भएन

blog

चितवन, पुस १ गते । गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ केन्द्रीय बस टर्मिनल (बसपार्क) सडकखण्डको केरुङगा घोल (खोला) को कल्भर्ट मुनी जुटको बोराभित्र दुई जनाको शव भेटिएको थियो । 

अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो । शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमासमेत समस्या परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सनाखत नहुँदा घटनाको दोषिसम्म पुग्न कठिन भएको छ ।” सनाखतका लागि प्रहरीले ७७ जिल्लामा सूचना पठाएको छ । रासस