• २२ वैशाख २०८१, शनिबार

सेलो महोत्सवमा कलाकारहरू सम्मानित

blog

पत्रकार तथा कलाकार बुद्ध योन्जन सम्मानित हुँदै ।

काठमाडौँ, पुस १ गते । तामाङ कलाकार सङ्घद्वारा आयोजित मौलिक सेलो महोत्सवमा कलाकारहरू सम्मानित भएका छन् । राजधानीमा आयोजित दुईदिने मौलिक सेलो महोत्सवमा तामाङ समुदायको मौलिक गीत-सङ्गीतको प्रवर्द्धनमा सक्रिय पत्रकार तथा कलाकार बुद्ध योन्जनलगायतका कलाकारहरू सम्मानित हुनुभएको हो । 

उहाँहरूले समुदायलाई मातृभाषामा साहित्य सिर्जना, गीत-सङ्गीतको प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानका लागि सम्मान गरिएको सङ्घले जनाएको छ । सम्मानित हुने कलाकारहरूमा विश्व दोङ, अम्बर बहादुर नेपाली र रमला पाख्रिन छन् । 

महोत्सवमा ताम्बा संस्कृति, मौलिक बाजा डम्फु, टुङ्नालगायतको सांस्कृतिक र परम्परागत महत्वबारे सङ्गीतका धरोहर विज्ञहरूसँग अन्तरक्रियाका साथै तामाङ सेलोहरूको प्रस्तुति, तामाङ खाना भेषभुषालगायत समुदायको पहिचान झल्काउने स्टलहरू राखिएको छ ।