नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।
एक करोड ६२ लाख रुपियाँ खर्चेको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र
दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन ।
‘नेताका कमजोरीका कारण व्यवस्थामाथि प्रहार भयो’: नेता पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताउनुभएको छ ।
नक्कली भिजिट भिसा बनाउने वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।
गाँजा खेतीको बारे छलफलमा छौँः अर्थमन्त्री महत
अर्थतन्त्री डा. प्रकाश शरण महतले गाँजा खेतीलाई वैधानिकता दिने बारेमा छलफल भइरहेको बताउनुभएको छ।
साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जना पक्राउ
प्रहरीले साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक नवलपरासी स्थायी घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय लक्ष्मण विश्व र काभ्रेपलाञ्चोकका ४० वर्षीय सोफि मल्ललाई पक्राउ गरिएको छ ।
‘राज्य संरचनामा विविधताको तस्बिर आएन’
नेपाल विविध जाति र समुदायको संयुक्त संरचना भए पनि राज्य संरचनामा विविधताको तस्विर आउन नसकेको आदिबासी अगुवाहरुले गुनासो गर्नुभएको छ ।
हिमाली लेखक सम्मेलन नेपालमा हुने
‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । वि.सं.२०८१ जेठ ९-२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छ मा पुगेको हो ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।
निराशाको बहस अन्त्य गरौँ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले अब हामीले निराशाको बहस अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
काभ्रेमा मालवाहक सवारीको भार मापन
अरनिको, बिपी र हेलम्बु राजमार्गबाट सङ्घीय राजधानी काठमाडौँलगायत जिल्लामा गुड्ने मालवाहक सवारीको काभ्रेपलाञ्चोकमा भारमापन कार्य सुरु गरिएको छ । तीन राजमार्गअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकास्थित केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापनका लागि वि.सं.२०७८ पुसमा तौल-पुल स्थापना गरिएको थियो ।
उद्योगी व्यवसायीको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ ।
पुस १० देखि चितवनमा हात्ती महोत्सव हुने
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड-१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
क्षति घटाउन पूर्व सूचना प्रणाली अनिवार्य
प्राकृतिक विपद्बाट बर्सेनि अर्बौँ बराबरको क्षति हुन थालेपछि संसारका सबै मुलुकहरूले विपद् व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीलाई अनिवार्य गर्नुपर्नेमा सहमत जनाएका छन् ।
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ ।
उद्यमी बन्दै लोपोन्मुख वनकरिया
खेर गइरहेको जडीबुटीबाट मकवानपुरका वनकरिया महिलाले अर्ग्यानिक साबुन उद्योग खोलेका छन् । घ्युकुमारी र तीतेपातीबाट वनकरीया र चेपाङ महिला मिलेर साबुन बनाएका हुन् । स्थानीयस्तरमा नै पाइने घ्युकुमारी र तीतेपातीको प्रयोग गरेर नुहाउने, मुखधुने साबुन बनाएका छन् ।
‘समान अधिकार कानुनमा लेखेर मात्रै हुँदैन’
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले र सहभागिताका कुरा कानुनमा लेखेर नपुग्ने व्यवहारमा नै लागू गर्नुपर्ने बताउनुभएको छ ।
एनसेल प्रकरण : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
दादुरा रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने
जाजरकोट र रुकुम पश्चिम जिल्लामा दादुरा रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
चिकित्सा शिक्षा ऐन संशोधनपछि युवाको विदेश पलायन रोकिन्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताउनुभएको छ ।
नयाँ मन्त्री निवास परिसरमा आगलागी
ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्री निवास परिसरमा आज आगलागी भएको छ ।
एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ जारी
एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ ।