• २४ असार २०८१, सोमबार

एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ जारी

blog

काठमाडौं, पुस ३ गते । एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । उक्त रिट निवेदनमाथि मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गर्नुभएको छ ।

यसअघि पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा पर्दै आएको थियो ।