• २४ असार २०८१, सोमबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

blog

नेपाल प्रहरी प्रधान कार्यालय ।

काठमाडौं, पुस ३ गते । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।

एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका लामालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ मङ्गलबार नेपाल फिर्ता ल्याइएको छ ।

लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते लामाविरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।