• २३ असार २०८२, सोमबार

नयाँ मन्त्री निवास परिसरमा आगलागी

blog

नयाँ मन्त्री निवास परिसर । फाइल तस्बिर

ललितपुर, पुस ३ गते । ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्री निवास परिसरमा आज आगलागी भएको छ ।

मङ्गलबार मध्याह्न मन्त्री निवासभित्र जस्ताले बनाइएको टहरामा आगलागी भएको र त्यसलाई नियन्त्रणमा लिएको जानकारी भैंसेपाटीस्थित प्रहरी प्रभागले दिएको छ ।

मानवीय क्षति नभएको र श्रमिक बस्नका लागि बनाइएको टहरामा आगलागी भएको, त्यसमा रहेका रङ्ग र तारहरू जलेको जानकारी पनि प्रहरीले दिएको छ ।