‘विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया सुरु भएको छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्र विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताउनुभएको छ । नेपाल बिज्ञापन सङ्घ (आन) को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पारदर्शी बिज्ञापन बजारले बिज्ञापनदाता, मिडिया र व्यवसायीको हित गर्ने बताउनुभयो ।
भूकम्पपीडितलाई राहत वितरण
नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १ र २ का आठ सय घरधुरीलाई ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो ।
नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै
नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो ।
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरुलाई समितिले छलफलमा बोलाएको हो ।
जन्मदिनमा विद्यार्थीलाई मुना वितरण
नवलपरासी वर्दघाट सुस्ता पूर्व गैँडाकोटका पुस्कर अधिकारीले आफ्नो जन्मदिनमा विद्यार्थीहरुलाई मुना पत्रिका बाँडेर मनाउनु भएको छ । अधिकारीले गैँडाकोट नगर पालिकामा रहेको विजय आधारभूत विद्यालयका करिब एकसय जना विद्यार्थीलाई मुना बाँड्नु भएको हो ।
मेवा बेचेर मासिक आम्दानी डेढ लाख
मन्थली (रामेछाप), पुस ६ गते । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हीरालाल आचार्यले मेवा बेचेर मासिक रू. एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ । अनारमा भन्दा बढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताउनुभयो । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक आम्दानी रू. १८ लाखसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो । आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाउनुभएको छ । उहाँका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट उहँले दुई वर्षअघिदेखि सुरु गर्नुभएको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लाग्नुभएको हो । कृषक आचार्यले भन्नुभयो, “पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ । यसको होलसेल मूल्यमा रू. एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ ।” एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो । बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो । उहाँले भन्नुभयो, “अरु रोजगारीका लागि विदेश जान्छन् । म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ । काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ ।”आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिनुभयो । नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उहाँले बताउनुभयो । रासस
सामाजिक सञ्जाल व्यवस्थापन कानुनी तहबाट गर्न सरोकारवालाको सुझाव
सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन कानुनी तहबाट गर्न सरोकारवालाले सुझाव दिएका छन् ।
हेटौँडा अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु
हेटौँडा अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही
काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।
तामाकोशीका वडामै योजना सम्झौता
दोलखाको तामाकोशी गाउँपालिकाले वडावडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०∕८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समितिमार्फत गरिने योजनाहरु वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।
चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
कोदो खरिद गरी सङ्कलन सुरु
कोदोको पिठो ब्रान्डिङ गरी बिक्री गर्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले स्थानीय कृषकहरुबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
देशभरको तापक्रम घट्ने क्रममा, सतर्कता अपनाउन आग्रह
जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्ने क्रममा रहेको जनाएको छ ।
निगमद्वारा पाँचवटा जहाज लिलामीका लागि बोलपत्र
नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
पन्ध्र वर्षसम्म अल्झियो सिँचाइ योजना
दोलखाको शैलुङ गाउँपालिका–८ मा करिब डेढ दशकअघि निर्माण सुरु भएको झोरखोला सिँचाइ योजनामा गत आर्थिक वर्षमा विनियोजन भएको बजेट स्थानीयबिच भएको वादविवादका कारण खर्च हुन नसक्दा सञ्चालन हुन सकेको छैन ।
‘सोह्रौँ पञ्चवर्षीय योजना यथार्थपरक’
राष्ट्रिय योजना आयोगले आगामी पञ्चवर्षीय योजनालाई परिमार्जित र व्यावहारिक बनाउने बताएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै समृद्ध मुलुक निर्माणलाई सही योजना र नीतिमार्फत साकार पार्ने गरी आगामी १६ औँ पञ्चवर्षीय योजना तयार हुने जनाएको हो । आगामी पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा मुलुकको अर्थतन्त्रको आकार ८० खर्ब रुपियाँ बराबरको हुने आकलनसहित योजना तयार भइरहेको आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
खाना पकाउने ग्यासको खपत घट्दो
विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ ।
बालविवाह अन्त्यका लागि आयोग अध्यक्षको कार्यगत एकता
बालविवाह अन्त्यका लागि साझा धारणा बनाएर कार्यगत एकरुपता कायम गर्न आयोगका अध्यक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।
भक्तपुर अस्पतालको सेवा विस्तार
भक्तपुर अस्पताल चाँडै तीन सय शय्यामा विस्तार हुने भएको छ । चन्द्र शमशेरको पालामा १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट सञ्चालित उक्त अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा विस्तार गर्न लागिएको हो ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ ।
मुलुकलाई नयाँ गति दिनेगरी १६ औँ योजना तर्जुमा गर्दैछौँ : योजना आयोग
राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक, सामाजिक रूपमा नयाँ ड्राइभ (गति) दिने र बनाएका योजना कार्यान्वयन हुनेगरी १६ औँ योजना तर्जुमाको तयारी गरेको बताएको छ ।
प्रधानमन्त्रीको निर्देशन : झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
अख्तियारद्वारा १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।